back
NMB Ad

सेगवेको नयाँ वर्ष विशेष अफर : नगद छुट र लक्जरी गेटवे

काठमाडौं । सेगवे–नाइनबोटकोे नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले आउँदो नेपाली नयाँ वर्ष २०८१ को अवसर पारि सेगवेका इ–स्कुटरहरूमा विशेष अफर ‘न्यु एयर न्यु अफर २०८१’ ल्याएको छ । ग्राहकहरुले यही १९ चैत्र, २०८० देखि १८ वैशाख, २०८१ सम्म रहने यस योजना अवधि भित्र खरिद गरिने सेगवेका विभिन्न मोडलहरूमा विशेष नगद छुटको मजा लिन सक्नेछन् । साथै क्लब हिमालय नगरकोटमा एक रातको बसाई जित्ने शानदार मौका पाउने छन् ।

इेलेक्ट्रिक स्कुटरको नेपाली बजारमा सेगवेका इ–स्कुटरहरु लोकप्रिय हुनुका साथै उपभोक्ताहरूको रोजाइमा परिरहेका छन् । शहरी देखि साहसिक यात्राका लागि ग्राहकहरु सेगवे इ–स्कुटरहरुमा आकर्षित हुनुका साथै तिनका नवीन विशेषताहरूका कारण दैनिक जीवनको एक आवश्यक अंश बन्न सफल भएका छन् ।

नयाँ वर्षको विशेष अफरमा ग्राहकहरूले चयन गर्ने सेगवे इ–स्कुटरका मोडेलहरूमा आकर्षक नगद छुटहरू प्राप्त गर्न सक्नेछन्, विशेष गरी, E125 र E110L  मा रु.२५,००० सम्म, E100 मा रु.२०,००० सम्म र N100 मा रु.१५,००० सम्म विशेष नगद छुट प्राप्त गर्न सक्नेछन् । यसका साथै थप, सेगवले ग्राहकहरूलाई प्रतिष्ठित क्लब हिमालय नगरकोटमा १–रात २–दिनको बसाइ र स्कूटरका एक्सेसरीजहरू जित्ने मौका प्रदान गर्दैछ ।

ग्राहकहरू उपत्यका भित्रका राइजिङ मल, दरबारमार्ग, झम्सीखेल, ललितपुर र सल्लाघारी–भक्तपुर लगायत उपत्यका बाहिरका पोखरा, बुटवल, चितवन, हेटौंडा, धनगढी, इटहरी र लहानमा शोरुममा गई यो योजनाको फाइदा लिन सक्नेछन् ।

वि.सं.२०८० चैत १८ आइतवार २०:१४ मा प्रकाशित

You can share this post!

एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ चैत १४ बिहीवार ०६:४१

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज...

नेपालको अर्थतन्त्रमा ५.१ प्रतिशत वृद्धि: यातायात, निर्माण र कृषि क्षेत्र प्रमुख योगदानकर्ता

नेपालको अर्थतन्त्रमा ५.१ प्रतिशत वृद्धि: यातायात, निर्माण र कृषि क्षेत्र प्रमुख योगदानकर्ता

वि.सं.२०८१ चैत १४ बिहीवार ०६:३३

काठमाडौँ : चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिकमा पाँच...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर   

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८१ चैत १४ बिहीवार ०६:२५

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर...

आज १४ चैत्र २०८१ बिहिवार, कुन राशिको कस्तो रहला ?

आज १४ चैत्र २०८१ बिहिवार, कुन राशिको कस्तो रहला ?

वि.सं.२०८१ चैत १४ बिहीवार ०६:२०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

बिहीबारदेखि ‘एडभान्स फन्सनल मटेरियल्स’ सम्बन्धी दोस्रो अन्तरराष्ट्रिय वैज्ञानिक सम्मेलन   

बिहीबारदेखि ‘एडभान्स फन्सनल मटेरियल्स’ सम्बन्धी दोस्रो अन्तरराष्ट्रिय वैज्ञानिक सम्मेलन   

वि.सं.२०८१ चैत १३ बुधवार २०:४८

काठमाडौँ : नेपालमा ‘एडभान्स फन्सनल मटेरियल्स’ सम्बन्धी दोस्रो अन्तरराष्ट्रिय वैज्ञानिक...

काँकरभिट्टा नाकाबाट करिब १२ अर्ब ७४ करोडको पेट्रोलियम पदार्थको आयात   

काँकरभिट्टा नाकाबाट करिब १२ अर्ब ७४ करोडको पेट्रोलियम पदार्थको आयात   

वि.सं.२०८१ चैत १३ बुधवार २०:४५

भद्रपुर (झापा) : चालु आर्थिक वर्षको आठ महिनामा पूर्वी नाका...