काठमाडौं । साताको तेस्रो कारोबार दिन नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ । उक्त दिन सुन प्रतितोला ४०० रुपैंयाले घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ३१ हजार २०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।
अघिल्लो दिन सोमबार छापावाल सुन प्रतितोला १ लाख ३१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३० हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य १० रुपैंयाले बढेर प्रतितोला १ हजार ५४५ रुपैयाँ कायम भएको छ ।
वि.सं.२०८० चैत २० मंगलवार ११:१५ मा प्रकाशित