back
NMB Ad

प्राधिकरणलाई वायुसेवा निगमको स्पष्टीकरण   

Royal Enfield Inside Page Banner

काठमाडौँ, २० चैत : नेपाल वायुसेवा निगमले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई स्पष्टीकरण बुझाएको छ ।

नेपालको हवाई उड्डयनसम्बन्धी नियामक निकाय प्राधिकरणले नेपाल वायुसेवा निगमलाई हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै लिखित स्पष्टीकरण सोधेर त्यसको जवाफ मागेको थियो । जवाफमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले स्पष्टीकरणसहितको पत्र बुझाउनुभएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता एवं उपमहानिर्देक जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “प्राधिकरणले हवाई सुरक्षाका विषयमा प्रश्न उठाई सात दिनभित्र बुझाउने गरी स्पष्टीकरण सोधेको थियो, वायुसेवा निगमले त्यस विषयलाई स्पष्ट गरेर स्पष्टीकरणसहितको पत्र बुझाएको छ ।”

प्रवक्ता निरौलाले उक्त स्पष्टीकरण अध्ययनकै क्रममा रहेको पनि जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वायु सेवा निगमका तर्फबाट स्पष्टीकरण आएको छ र अब त्यसलाई प्राधिकरणले अध्ययन गर्नेछ ।”

प्राधिकरणले नेपाल वायुसेवा निगमले हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै यही चैत १३ गते निगमलाई स्पष्टीकरण सोधेको थियो ।

वि.सं.२०८० चैत २० मंगलवार १६:५३ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
प्रधानमन्त्रीसँग नेपालमा लगानी विस्तारबारे सिङ्गापुरको सर्वना जुरोङ ग्रुपको छलफल

प्रधानमन्त्रीसँग नेपालमा लगानी विस्तारबारे सिङ्गापुरको सर्वना जुरोङ ग्रुपको छलफल

वि.सं.२०८१ फागुन २ शुक्रवार १८:२९

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगानीसम्बन्धी एसियाकै अगुवा संस्था...

सहकारी सिङ्गो अर्थतन्त्रको आधार    

सहकारी सिङ्गो अर्थतन्त्रको आधार    

वि.सं.२०८१ फागुन २ शुक्रवार १८:२४

लुम्बिनी : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले...

जापानले मूल्य वृद्धिका कारण आपत्कालीन चामल भण्डार जारी गर्ने   

जापानले मूल्य वृद्धिका कारण आपत्कालीन चामल भण्डार जारी गर्ने   

वि.सं.२०८१ फागुन २ शुक्रवार १७:५६

टोकियो  :जापान सरकारले शुक्रबार बढ्दो मूल्यको प्रतिक्रियामा आपत्कालीन प्रयोगका लागि...

बीवाईडीद्वारा डिपाईलट एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम सार्वजनिक

बीवाईडीद्वारा डिपाईलट एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम सार्वजनिक

वि.सं.२०८१ फागुन २ शुक्रवार १७:३१

काठमाडौं । विश्वकै अग्रणी नयाँ ऊर्जा सवारी निर्माता बीवाईडीले आफ्नो...

पियोर इनर्जीले १६ लाख कित्ता आईपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

पियोर इनर्जीले १६ लाख कित्ता आईपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

वि.सं.२०८१ फागुन २ शुक्रवार १७:००

काठमाडौं । नेपाल धितापत्र बोर्ड (सेबोन)ले पियोर इनर्जी लिमिटेडलाई आईपीओ...

निसान र होन्डाका मर्जर वार्ता रद्द, शेयर मूल्यमा बृद्धि   

निसान र होन्डाका मर्जर वार्ता रद्द, शेयर मूल्यमा बृद्धि   

वि.सं.२०८१ फागुन २ शुक्रवार १६:३२

टोकियो :  बिहीबार बजार बन्द भएपछि कम्पनीहरूले संयुक्त रूपमा मर्जर...