back
Kumari Bank

स्वीस उद्यमीलाई नेपालमा लगानी गर्न आह्वान   

Nepal Bank

काठमाडौँ, २१ चैत : सरकारले स्वीटजरल्याण्डका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीका निम्ति प्रोत्साहित गर्न स्वीस सरकारसँग अनुरोध गरेको छ । आगामी महिना यहाँ आयोजना हुने लगानी सम्मेलनमा उनीहरूको सक्रिय सहभागिताका निम्ति प्रोत्साहन गर्न स्वीस सरकारलाई सरकारले अनुरोध गरेको हो ।

नेपाल–स्वीटजरल्याण्ड परामर्श संयन्त्रको मङ्गलबार बेर्नमा सम्पन्न बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकालले उक्त आह्वान गर्नुभएको जेनेभास्थित नेपालको राजदूतावासले जनाएको छ । बैठकमा नेपाल–स्वीटजरल्याण्ड सम्बन्धका समग्र पक्षका साथै आर्थिक, विकास साझेदारी, बहुपक्षीय मञ्चमा सहयोग आदानप्रदान, मानवअधिकार तथा जलवायु परिवर्तनलगायत विश्वले सामना गर्नुपरेका सामयिक विषयमा पनि विचारविमर्श भएको थियो ।

दुवै देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदान, अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नतिका निम्ति नेपालले गरेका प्रयास, दिगो विकास लक्ष्य हासिलमा भएका प्रगति, नेपाल–स्वीटजरल्याण्ड व्यापार, लगानी, पर्यटन, विज्ञान तथा प्रविधि र व्यावसायिक तालिमबारे बैठकमा छलफल भएको उक्त दूतावासले जनाएको छ ।

नेपाली प्रतिनिधिमण्डलका प्रमुख सहसचिव ढकालले स्वीस सरकारको प्राथमिकतामा नेपाललाई राखिएकामा आभार व्यक्त गर्नुभयो भने स्वीस सरकारका प्रतिनिधि हेनरिच सेलेनवर्गले नेपालको विकास प्रयासमा स्वीस सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

पारस्परिक सहायताका सम्बन्धमा छलफल गर्न सन् २०१५ मा उक्त संयन्त्र स्थापना भएको हो । संयन्त्रको अर्को बैठक दुवै पक्षलाई अनुकूल हुने समयमा काठमाडौँमा हुने छ ।

वि.सं.२०८० चैत २१ बुधवार ०६:५२ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार २० शुक्रवार १६:२७

काठमाडौं । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

नेपालले मात्रै चाहेर पनि भारु ५०० देखि माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल   

नेपालले मात्रै चाहेर पनि भारु ५०० देखि माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल   

वि.सं.२०८२ असार २० शुक्रवार १६:०४

काठमाडौँ : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले मात्रै चाहेर...

साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने   

साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने   

वि.सं.२०८२ असार २० शुक्रवार १५:५९

काठमाडौँ : आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने कर्मचारीलाई...

एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपेप्लस अन्तरदेशीय भुक्तानी सम्झौता

एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपेप्लस अन्तरदेशीय भुक्तानी सम्झौता

वि.सं.२०८२ असार २० शुक्रवार १५:३८

काठमाडौं : एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड...

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै   

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै   

वि.सं.२०८२ असार २० शुक्रवार ११:१३

गलकोट (बागलुङ) : जैमिनी नगरपालिकाले रु एक अर्बको कोष बनाउने...

नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने

नेपाल इन्स्योरेन्सले साउन ६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने

वि.सं.२०८२ असार २० शुक्रवार १०:४२

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गतेदेखि हकप्रद...