back
NMB ad

हल गोरु पाल्नेलाई अनुदान दिने   

Kumari bank ad

गलकोट (बागलुङ), ३ वैशाख : बागलुङ नगरपालिकाले हल गोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ ।

नगरपालिकाले ‘पशुपन्छी तथा मत्स्यपालन कार्यविधि- २०७९’ निर्माण गरी चालु आर्थिक वर्षभित्रै गोरु पाल्ने किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो ।

गोरुपाल्ने किसानलाई प्रोत्साहन गर्न रु. चार लाख बजेट नगरपालिकाले विनियोजन गरेको छ । उक्त बजेटबाट हल गोरु पाल्ने किसानलाइ दामासाहीले अनुदान दिइनेछ । त्यसका लागि किसानबाट आवेदन सङ्कलन गरिएको बागलुङ नगरपालिकाको पशु शाखाले जनाएको छ ।

बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराएकाले ‘हल गोरु पाल्न प्रोत्साहन एवं प्रवर्द्धनात्मक’ कार्यक्रमअन्तर्गत किसानलाई अनुदान दिन लागिएको बागलुङ नगरपालिका पशु शाखा प्रमुख मित्रलाल सापकोटाले बताउनुभयो ।

सापकोटाका अनुसार नगरपालिका भित्रका एक सय १० जना गोरु पाल्ने किसानले निवेदन दिएका छन् । प्राप्त भएका सो निवेदनका आधारमा अनुगमन गरी किसानलाई अनुदान दिइने छ ।

“हल गोरु पाल्ने किसानलाई अनुदान दिन लागिएको हो, यस वर्ष बजेट थोरै छ, प्रत्येक हल गोरु पाल्ने किसानलाई चार/पाँच हजारको दरले अनुदान दिइन्छ”, सापकोटाले भन्नुभयो, “यो कार्यक्रम निरन्तर चल्छ, कम्तिमा एक किसानलाई रु. १० हजारका दरले अनुदान दिने कार्यविधिमै उल्लेख छ ।” आगामी वर्ष हल गोरु पाल्ने किसानलाई रु. १० हजार पुग्ने गरी रु. १० लाख बजेट विनियोजन गर्ने नगरपालिकाको लक्ष्य छ ।

बढ्दो प्रविधिको विकाससँगै गोरु लगाएर जोत्ने परम्परा हराएकाले त्यसलाई संरक्षण गर्न किसानलाई अनुदान दिन लागिएको नगर उप-प्रमुख राजु खड्काले जानकारी दिनुभयो । उहाँले मिनि टिलर वितरणले गोरु पाल्ने किसान निरुत्साहित भएको महशुस गरेकाले अनुदान कार्यक्रम ल्याएको बताउनुभयो । गोरु पाल्दा वातावरणीय रुपमा समेत फाइदा हुने उहाँको भनाइ छ ।

वि.सं.२०८१ वैशाख ३ सोमवार १३:२९ मा प्रकाशित

You can share this post!

रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

वि.सं.२०८१ साउन ६ आइतवार १२:५५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको...

एनआईसी एशिया लघुवित्तको सीईओमा चोलराज शर्मा नियुक्त

एनआईसी एशिया लघुवित्तको सीईओमा चोलराज शर्मा नियुक्त

वि.सं.२०८१ साउन ६ आइतवार ११:१७

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी...

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा

वि.सं.२०८१ साउन ६ आइतवार १०:५३

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४०...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ साउन ६ आइतवार १०:३६

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ घटेको छ...

हालसम्मकै उच्च बिन्दुमा अमेरिकी डलरको भाउ, कुन देशको कति ?

हालसम्मकै उच्च बिन्दुमा अमेरिकी डलरको भाउ, कुन देशको कति ?

वि.सं.२०८१ साउन ६ आइतवार १०:१९

काठमाडौं । नेपाल राष्ट्र बैंक अनुसार शनिबार अमेरिकी डलरको बिक्रीदर...

शतप्रतिशत हकप्रद सेयर जारी गर्दै हिमालय ऊर्जा कम्पनी, कहिलेसम्म कायम सेयरधनीले दिने आवेदन ?

शतप्रतिशत हकप्रद सेयर जारी गर्दै हिमालय ऊर्जा कम्पनी, कहिलेसम्म कायम सेयरधनीले दिने आवेदन ?

वि.सं.२०८१ साउन ६ आइतवार १०:०७

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले साउन २४ गतेदेखि शतप्रतिशत...