back
Kumari Bank

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

Nepal Bank

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी वितरण केन्द्रको मूलपानी फिडर र डाँछी फिडर तथा रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत पर्ने विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध गरिएको छ ।

लाइन सिफ्टिङ तथा केबल परिवर्तनका लागि फिडर ‘सटडाउन’ गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध गरिएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार गोसले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अन्य कुनै कारण नभएर लाइन सिफ्टिङ तथा केबल परिवर्तनका लागि फिडर सटडाउन गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध भएको हो, ग्राहक सेवामा पर्न जाने असुविधाप्रति प्रधिकरण क्षमाप्रार्थी छ ।”

आज जोरपाटी वितरण केन्द्रको मूलपानी फिडरअन्तर्गत बाबाचोक, मूलपानी चउर, मिलन चोक, फुयाँल गाउँ, तिवारी टोल, गोकर्ण फरेस्ट रिसोर्ट, थलीलगायतका स्थानमा बेलुका ५ बजेसम्म विद्युत् सेवा अवरुद्ध गरिएको प्राधिकरणले जनाएको छ ।

यसैगरी डाँछी फिडरअन्तर्गतका शिवचोक, अर्याल गाउँ, दक्षिणढोका, होटल नोर्लिङ, ग्रिनहिल सिटीलगायतका क्षेत्रमा मध्याह्न १२ः३० बजेसम्म, रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत पर्ने पानीट्याङ्की, अनामनगर पूर्वी गेट हुँदै हनुमानस्थान, सिंहदरबार दक्षिण गेट हुँदै अन्नपूर्ण न्युरो अस्पताल, प्रभु बैंक अगाडि धोवीखोला हुँदै सेतोपुल, मैतीदेवी जाली कारखाना, घट्टेकुलो, गोरखा एफएमलगायतका क्षेत्रमा बुलकी ५ बजेसम्म विद्युत् सेवा अवरुद्ध गरिएको छ ।

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३ मा प्रकाशित

You can share this post!

अर्थतन्त्र डटकमको दशक यात्रामा उच्चस्तरीय बहस :‘पर्यटनमा बजेटमात्र होइन, कार्यान्वयन र साझेदारी अपरिहार्य’

अर्थतन्त्र डटकमको दशक यात्रामा उच्चस्तरीय बहस :‘पर्यटनमा बजेटमात्र होइन, कार्यान्वयन र साझेदारी अपरिहार्य’

वि.सं.२०८२ असार २१ शनिवार १८:५१

काठमाडौं : नेपालको अग्रणी आर्थिक अनलाइन अर्थतन्त्र डटकमले आफ्नो दशक...

पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह   

पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह   

वि.सं.२०८२ असार २१ शनिवार ०६:१४

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

आजको लागि विदेशी मुद्राको विनिमय दर   

आजको लागि विदेशी मुद्राको विनिमय दर   

वि.सं.२०८२ असार २१ शनिवार ०६:१०

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आज २१ आषाढ २०८२ शनिवार, कस्तो रहला तपाईको राशिफल ?

आज २१ आषाढ २०८२ शनिवार, कस्तो रहला तपाईको राशिफल ?

वि.सं.२०८२ असार २१ शनिवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

बिपी राजमार्गको काभ्रे–खण्डमा राति यातायात सञ्चालनमा रोक   

बिपी राजमार्गको काभ्रे–खण्डमा राति यातायात सञ्चालनमा रोक   

वि.सं.२०८२ असार २० शुक्रवार १८:१९

काभ्रेपलाञ्चोक  : बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी आइतबारदेखि राति साढे १०...

आँप बिक्रीबाट वार्षिक आठ लाख बचत   

आँप बिक्रीबाट वार्षिक आठ लाख बचत   

वि.सं.२०८२ असार २० शुक्रवार १७:१९

कैलाली  : कैलालीको गोदावरी नगरपालिका–१० मालाखेती खमौराका इन्द्रबहादुर सिंह मडै,...