back
NMB ad

आज ३० बैशाख २०८१ आइतवार, यस्तो छ आजको राशिफल

Kumari bank ad

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्छन् ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज आकस्मिक धनलाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज कुनै कुराले मन प्रसन्न रहने र मनमा खुसियाली बढ्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पारिवारिक सद्भाव बढ्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । तीर्थाटनको योग छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज जोशजाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) गरेको काममा ढिलासुस्ती हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला । दबाब र तनाव बढेको महसुस हुनेछ । पारिवारिक समस्या आइपर्ला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । अकस्मात् धन सम्पत्ति हात पर्नेछ । धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन जाला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । शेयर बजार या ठूलो लगानी गर्नु जोखिमपूर्ण छ । बोलीको विपरीत अर्थ पनि लाग्न सक्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । घरमा अतिथिको आगमन हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज समय मध्यम खालको छ । स्वास्थ्यमा खासै खराबी नआउला । आँटेका काम सबै पूरा नभए पनि नआत्तिकन काम गर्दा राम्रो हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । ज्यो.प.नारायणप्रसाद दुलाल

वि.सं.२०८१ वैशाख ३० आइतवार ०६:२७ मा प्रकाशित

You can share this post!

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ असार ५ बुधवार १५:११

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

सेयर बजारमा सामान्य सुधार आउँदा यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

सेयर बजारमा सामान्य सुधार आउँदा यी कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो

वि.सं.२०८१ असार ५ बुधवार १५:०६

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

ग्लोबल आइएमई बैंकको उत्कृष्ट बैंकिङ्ग सेवा र अब्बल नतिजाको यात्रा

ग्लोबल आइएमई बैंकको उत्कृष्ट बैंकिङ्ग सेवा र अब्बल नतिजाको यात्रा

वि.सं.२०८१ असार ५ बुधवार १३:५४

काठमाडौं । विश्वका विभिन्न कुनाहरुमा स्थापना भएको सम्पूर्ण ब्यवसायहरुले आफ्नो...

समस्याग्रस्त ३ सहकारीको सम्पूर्ण बचत फिर्ता

समस्याग्रस्त ३ सहकारीको सम्पूर्ण बचत फिर्ता

वि.सं.२०८१ असार ५ बुधवार १३:३७

काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम...

महिन्द्राले ल्यायो ”ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी“ योजना

महिन्द्राले ल्यायो ”ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङ्गमा बचत बढी“ योजना

वि.सं.२०८१ असार ५ बुधवार १३:२९

काठमाडौं । अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कसले आफ्ना महिन्द्रा...

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी  राष्ट्रपति पौडेल स्वदेश फिर्ता   

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी  राष्ट्रपति पौडेल स्वदेश फिर्ता   

वि.सं.२०८१ असार ५ बुधवार ११:१०

काठमाडौँ, ५ असारः राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्कनुभएको छ ।...