back
NMB Ad

कोशी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत   

Royal Enfield Inside Page Banner

विराटनगर, ३१ वैशाखः कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभाबाट आज विश्वासको मत लिनुभएको छ ।

आज बसेको प्रदेशसभा बैठकमा कार्कीले ५७ मत प्राप्त गर्नुभयो । उहाँको विपक्षमा भने शून्य मत परेको थियो । प्रदेशसभामामा पाँच सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बसेको थियो ।

आजको बैठक प्रतिपक्षी दल नेपाली कांग्रेसले बहिष्कार गरेको थियो । कूल ९३ सदस्यीय प्रदेशसभामा आज ६२ सांसद उपस्थित हुनुहुन्थ्यो ।

कार्की तेस्रो पटक प्रदेश सरकारमा मुख्यमन्त्री बन्नुभएको हो । यसअघि विश्वासको प्रस्तावमाथि भएको छलफलमा नेकपा (एमाले)का प्रमुख सचेतक रेवतीरमण भण्डारी, नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जवेगुले विश्वासको प्रस्तावको पक्षमा मन्तव्य राख्नुभएको थियो । यसैगरी राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले आफ्नो दल प्रतिपक्षमा बस्ने र मतदानमा तटस्थ बस्ने जनाउनुभएको थियो ।

वि.सं.२०८१ वैशाख ३१ सोमवार १६:१६ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
पेट्रोलियम पदार्थको नयाँ मूल्यसूचि सार्वजनिक, कुनको कति ?

पेट्रोलियम पदार्थको नयाँ मूल्यसूचि सार्वजनिक, कुनको कति ?

वि.सं.२०८१ फागुन ३ शनिवार २०:३७

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।...

सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट राजश्व सङ्कलनमा सुधार   

सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट राजश्व सङ्कलनमा सुधार   

वि.सं.२०८१ फागुन ३ शनिवार १९:५९

पर्सा : देशकै पहिलो रेल सुविधा सम्पन्न वीरगन्जको सिर्सिया सुख्खा...

डडेल्धुरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जोशी मृत फेला   

डडेल्धुरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जोशी मृत फेला   

वि.सं.२०८१ फागुन ३ शनिवार १९:००

अमरगढी (डडेल्धुरा) : डडेल्धुरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कालीप्रसाद जोशी...

हमासद्वारा थप तीन इजरायली बन्धक रिहा, रेडक्रसलाई जिम्मा लगाइयो   

हमासद्वारा थप तीन इजरायली बन्धक रिहा, रेडक्रसलाई जिम्मा लगाइयो   

वि.सं.२०८१ फागुन ३ शनिवार १७:००

खान युनिस, प्यालेस्टिनी क्षेत्र :  गाजास्थित इस्लामिक लडाकू समूह (हमास)ले शनिबार...

उपप्रधानमन्त्री पौडेल र महानगरप्रमुख आचार्यलाई काठमाडौँ लगियो   

उपप्रधानमन्त्री पौडेल र महानगरप्रमुख आचार्यलाई काठमाडौँ लगियो   

वि.सं.२०८१ फागुन ३ शनिवार १६:०५

गण्डकी : पोखरा भ्रमण वर्ष, २०२५ उद्घाटनका क्रममा आगोको ज्वालाले...

विदेश पठाइदिन्छु भन्दै ७१ लाख ठगी गर्ने दुई जना पक्राउ   

विदेश पठाइदिन्छु भन्दै ७१ लाख ठगी गर्ने दुई जना पक्राउ   

वि.सं.२०८१ फागुन ३ शनिवार ०७:०३

भक्तपुर : आकर्षक तलबको प्रलोभनमा पार्दै क्यानाडा, अजरबैजान र मोरिसस...