back
NMB Ad

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

Royal Enfield Inside Page Banner

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत सरकारले सोमबार माल्दिभ्सलाई एक अतिरिक्त वर्षका लागि पाँच करोड अमेरिकी डलरको ट्रेजरी बिलको विशेष वित्तीय सम्झौता विस्तारका रूपमा बजेट सहयोग प्रदान गरेको छ ।

“स्टेट बैंक अफ इन्डिया (एसबिआई) ले माल्दिभ्सको वित्त मन्त्रालयद्वारा जारी पाँच करोड अमेरिकी डलरको सरकारी बिललाई अघिल्लो सदस्यताको परिपक्वतामा थप एक वर्षका लागि सदस्यता दिएको छ, यी सरकारी ट्रेजरी बिललाई एसबिआईद्वारा माल्दिभ्स सरकारका लागि शून्य ब्याजमा सरकारदेखि सरकार व्यवस्थाअन्तर्गत सदस्यता दिइन्छ”, माल्दिभ्समा रहेको भारतीय उच्चायोगले विज्ञप्तिमा भनेको छ ।

माल्दिभ्स सरकारको अनुरोधमा यो सदस्यता विस्तार गरिएको हो । “भारतीय सरकारबाट बजेट सहयोग प्राप्त गर्न माल्दिभ्स सरकारको विशेष अुनरोधमा सदस्यता जारी राखिएको हो”, विज्ञप्तिमा उल्लेख छ ।

माल्दिभ्सका विदेशमन्त्री जमिरले यसै महिनाको प्रारम्भमा गर्नुभएको भारतको आधिकारिक भ्रमणमा भारतीय विदेशमन्त्री एस जयशङ्करसँग अनुरोध गर्नुभएपछि ट्रेजरी बिललाई विशेष वित्तीय सम्झौताका रूपमा विस्तार गर्ने भारत सरकारको निर्णय आएको माल्दिभ्सको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत बताएको छ ।

मन्त्रालयले बजेट विनियोजनका रूपमा माल्दिभ्सलाई भारत सरकारको समर्थनको प्रशंसासमेत गरेको छ । “भारत सरकारको सहयोगबाट ठूलो सङ्ख्यामा पूर्वाधार विकास परियोजना र उच्च प्रभाव सामुदायिक विकास परियोजना चलिरहेका छन् । यसमा अनुदान सहायताका रूपमा उल्लेखनीय हिस्सा पनि समावेश छ”, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा माल्दिभ्स सरकार आफ्ना जनताको पारस्परिक हित र समृद्धिका लागि दुवै मुलुकबीच सहयोगात्मक साझेदारीलाई निरन्तरता दिन तत्पर रहेको उल्लेख छ ।

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१० मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
मन्त्रिपरिषद् निर्णय : बीस लाख अमेरिकी डलर अनुदान स्वीकार   

मन्त्रिपरिषद् निर्णय : बीस लाख अमेरिकी डलर अनुदान स्वीकार   

वि.सं.२०८१ माघ ३० बुधवार २०:३९

काठमाडौँ : सरकारले एसियाली विकास बैंकको ‘एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स...

स्कुलबस दुर्घटना हुँदा छ जनाको मृत्यु, ४० घाइते   

स्कुलबस दुर्घटना हुँदा छ जनाको मृत्यु, ४० घाइते   

वि.सं.२०८१ माघ ३० बुधवार २०:३४

काठमाडौँ : काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल...

एनआरएन इन्फ्रास्ट्रक्चरको खुद नाफामा ४०० प्रतिशतले बढोत्तरी

एनआरएन इन्फ्रास्ट्रक्चरको खुद नाफामा ४०० प्रतिशतले बढोत्तरी

वि.सं.२०८१ माघ ३० बुधवार १५:४३

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आम्दानीसँगै खुद नाफामा...

चिकित्सा शिक्षा आयोगको बैठक : मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल   

चिकित्सा शिक्षा आयोगको बैठक : मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल   

वि.सं.२०८१ माघ ३० बुधवार १५:३८

काठमाडौँ : प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज...

खानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्न

खानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८१ माघ ३० बुधवार १५:२३

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको बाह्रौं बार्षिक साधारणसभा...

भूमि बैङ्कमार्फत किसानलाई प्रोत्साहन गर्दै स्थानीय सरकार   

भूमि बैङ्कमार्फत किसानलाई प्रोत्साहन गर्दै स्थानीय सरकार   

वि.सं.२०८१ माघ ३० बुधवार १५:२०

रञ्जिता अधिकारी देउखुरी (दाङ) : तुलसीपुर उपमहानगरपालिका–१५ का मदन चौधरीले...