back
NMB Ad

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

Royal Enfield Inside Page Banner

काठमाडौँ, १ जेठः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसद्मा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको छ ।

कांग्रेसले यसअघि सहकारी प्रकरणमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रतिनिधिसभा अवरोध गर्दै आएको थियो । कांग्रेस संसदीय दलको आज बजेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

सङ्घीय संसद्को आज अपराह्न ३ बजे बस्ने संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गर्नुहुने कार्यसूची छ ।

कांग्रेसले नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूचिपछिको छलफलमा भने संसदीय छानबिन समिति गठन नभएसम्म संसद बैठक सञ्चालन हुन नदिने जनाएको छ । कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने समेत सहकारीको रकम अपचलनमा जोडिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ ।

वि.सं.२०८१ जेठ १ मंगलवार १२:१४ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
विश्वकप महिला क्रिकेटः नेपाल अष्ट्रेलियासँग पराजित   

विश्वकप महिला क्रिकेटः नेपाल अष्ट्रेलियासँग पराजित   

वि.सं.२०८१ माघ ९ बुधवार १६:२७

काठमाडौँ : आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अष्ट्रेलियासँग...

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ माघ ९ बुधवार १६:२२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधबार एक कम्पनीको मूल्य...

नेप्सेमा दुई कम्पनीको ३३ लाख ३२ हजार बोनस सेयर सूचिकृत, कुनको कति ?

नेप्सेमा दुई कम्पनीको ३३ लाख ३२ हजार बोनस सेयर सूचिकृत, कुनको कति ?

वि.सं.२०८१ माघ ९ बुधवार १६:१७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार थप दुई कम्पनीको...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ माघ ९ बुधवार १५:१२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य हरियाली...

सेयर बजारमा हरियाली, कारोबार रकम बढ्दा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली, कारोबार रकम बढ्दा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ माघ ९ बुधवार १५:०५

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य हरियाली...

मुनाफा आर्जनलाई निरन्तरता दिँदै राष्ट्रिय वाणिज्य बैंक, पुँजी कोष ५२ अर्ब ४  करोड   

मुनाफा आर्जनलाई निरन्तरता दिँदै राष्ट्रिय वाणिज्य बैंक, पुँजी कोष ५२ अर्ब ४ करोड   

वि.सं.२०८१ माघ ९ बुधवार १४:३७

काठमाडौँ : राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षदेखि कृषि क्षेत्रमा...