back
NMB Ad

नीति तथा कार्यक्रममा केन्द्रित भई एमाले संसदीय दलको बैठक   

Royal Enfield Inside Page Banner

काठमाडौँ, २ जेठ : सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भई आज सत्तारुढ नेकपा (एमाले) को संसदीय दलको बैठक बसेको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको बैठकको सुरुआत्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम, सदनमा जारी प्रतिपक्षको अवरोध र समसामयिक विषयमा मन्तव्य दिनुभयो ।

बैठकमा सरकारको नीति तथा कार्यक्रम, आसन्न बजेट र एमालेको भूमिकाका विषयमा उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, पूर्व अर्थमन्त्री डा युवराज खतिवडालगायतले प्रशिक्षणमूलक मन्तव्य दिने कार्यक्रम रहेको सो दलका प्रमुख सचेतक महेश बर्ताैलाले जानकारी दिनुभयो ।

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा मङ्गलबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यसपछि सदनका बेग्ला बेग्लै बैठकमा प्रतिपक्षले अवरोध गरेका कारण राष्ट्रपति पौडेललाई धन्यवाद दिने लगायतका कार्यसूची अघि बढ्न सकेको छैन । सहकारी अनियमितताका विषयमा संसदीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्मा अवरोध गर्दै आएको छ ।

वि.सं.२०८१ जेठ २ बुधवार १३:५२ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
विदेश पठाइदिन्छु भन्दै ७१ लाख ठगी गर्ने दुई जना पक्राउ   

विदेश पठाइदिन्छु भन्दै ७१ लाख ठगी गर्ने दुई जना पक्राउ   

वि.सं.२०८१ फागुन ३ शनिवार ०७:०३

भक्तपुर : आकर्षक तलबको प्रलोभनमा पार्दै क्यानाडा, अजरबैजान र मोरिसस...

आजको मौसम : यी पाँच प्रदेशका हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना   

आजको मौसम : यी पाँच प्रदेशका हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना   

वि.सं.२०८१ फागुन ३ शनिवार ०६:५८

काठमाडौँ : आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको...

यस्तो छ विदेशी मुद्राको विनिमयदर   

यस्तो छ विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८१ फागुन ३ शनिवार ०६:५४

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय...

काठमाडौँका यी स्थानमा आज बिजुली काटिने   

काठमाडौँका यी स्थानमा आज बिजुली काटिने   

वि.सं.२०८१ फागुन ३ शनिवार ०६:४९

काठमाडौँ :नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली काटिने...

आज ३ फाल्गुण २०८१ शनिवार, कस्तो रहला आजको राशिफल ?

आज ३ फाल्गुण २०८१ शनिवार, कस्तो रहला आजको राशिफल ?

वि.सं.२०८१ फागुन ३ शनिवार ०६:४४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हमासले शनिबार रिहा गर्ने तीन जनाको नाम सार्वजनिक   

हमासले शनिबार रिहा गर्ने तीन जनाको नाम सार्वजनिक   

वि.सं.२०८१ फागुन २ शुक्रवार २१:०४

जेरुसेलम : इजरायलले गाजामा करिब एक महिना पुरानो युद्धविराम सम्झौता...