back
NMB Ad

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत प्रगति     

Royal Enfield Inside Page Banner

 तनहुँ, २ जेठ : ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाले सञ्चालनमा ल्याएका तीन वटै प्याकेज (चरण)का कार्यलाई तीव्रता दिँदै आएकाले उक्त कार्य प्रगति हासिल गरेको हो ।

प्याकेज–१ मा ३५, प्याकेज–२ मा ५५ र प्याकेज–३ मा ७३ प्रतिशत कार्य प्रगति भइसकेको आयोजना प्रवर्द्धक तनहुँ हाइड्रोपावरका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्याकेज–१ र २ मा निर्माण धमाधम भइरहेको भन्दै प्याकेज–३ मा प्रसारण लाइनका लागि रुख कटान नहुँदा निर्माण प्रभावित भएको उहाँले बताउनुभयो ।

तनहुँको तुलनामा चितवन खण्डमा सालका ठूला रुख कटान गर्नुपर्ने र केन्द्रीयस्तरबाट रुख कटानको आदेश नभएसम्म काम अघि बढाउन नसक्ने उहाँले बताउनुभयो । दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइनको लागि प्याकेज–३ अन्तर्गत ३४.७ किलोमिटर दूरीमा प्रसारण लाइनको काम अघि बढाइएको थियो । कूल ९४ वटा टावरमध्ये ७६ वटा टावरको फाउण्डेसन कार्य सम्पन्न भएको छ, भने ५६ वटा टावर बनाइसकिएको छ ।

उक्त प्रसारण लाइन निर्माणका लागि केइसी इन्टरनेशनल लिमिटेड भारतले ठेक्का सम्झौता गरी काम सुरु गरेको थियो । निर्माण सम्पन्न गर्ने सम्झौता अवधिसमेत समाप्त भइसकेको सो आयोजनाले जनाएको छ ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । जसमा एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार,नेपाल विद्युत प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

वि.सं.२०८१ जेठ २ बुधवार १४:५७ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
सिमेन्टमा मूल्य बढ्नुको कारण सात दिनभित्र पेस गर्न निर्देशन   

सिमेन्टमा मूल्य बढ्नुको कारण सात दिनभित्र पेस गर्न निर्देशन   

वि.सं.२०८१ माघ ९ बुधवार १७:०३

काठमाडौँ : सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य...

विश्वकप महिला क्रिकेटः नेपाल अष्ट्रेलियासँग पराजित   

विश्वकप महिला क्रिकेटः नेपाल अष्ट्रेलियासँग पराजित   

वि.सं.२०८१ माघ ९ बुधवार १६:२७

काठमाडौँ : आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अष्ट्रेलियासँग...

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ माघ ९ बुधवार १६:२२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधबार एक कम्पनीको मूल्य...

नेप्सेमा दुई कम्पनीको ३३ लाख ३२ हजार बोनस सेयर सूचिकृत, कुनको कति ?

नेप्सेमा दुई कम्पनीको ३३ लाख ३२ हजार बोनस सेयर सूचिकृत, कुनको कति ?

वि.सं.२०८१ माघ ९ बुधवार १६:१७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार थप दुई कम्पनीको...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ माघ ९ बुधवार १५:१२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य हरियाली...

सेयर बजारमा हरियाली, कारोबार रकम बढ्दा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली, कारोबार रकम बढ्दा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ माघ ९ बुधवार १५:०५

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य हरियाली...