काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । बुधबार बजार ९.५४ अंकले घटेर २०१७ को विन्दुमा कायम हुन पुगेको छ ।
उक्त दिन सबैभन्दा बढी पिपुल्स पावर लिमिटेडको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको ११ करोड ८९ लाख ९५ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल फाइनान्सको १० करोड ९४ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन सांग्रिला डेभलपमेन्ट बैंकको ७ करोड ९८ लाख १३ हजार रुपैयाँ, सोनापुर मिनरल्सको ७ करोड ८२ लाख ८२ हजार रुपैयाँ र शिभम् सिमेन्टको ७ करोड १६ लाख १७ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८१ जेठ २ बुधवार १५:०४ मा प्रकाशित