
काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । बुधबार बजार ९.५४ अंकले घटेर २०१७ को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको आज ३१५ कम्पनीको ८४ लाख ९० हजार ७२२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७० करोड ८४ लाख ३० हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा १० वटा उपसूचक राताम्मै भएको छ ।
उक्त दिन गुराँस लघुवित्तको सेयरमा नकरात्मक सर्किट लाएको छ । त्यसैगरी, ओरेन्टल होटलको ५.५८ प्रतिशत, सिइडिबी हाइड्रोपावरको ४.०३ प्रतिशत, सानिमा मिडल तमोर हाइड्रोपावरको ३.९१ प्रतिशतले सेयर मूल्य घटेको छ ।
वि.सं.२०८१ जेठ २ बुधवार १५:१८ मा प्रकाशित