back
NMB Ad

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स, र्याफ्टिङ एयरलाइन्स श्रमिक युनियन (यूनिट्राभ) लाङटाङ हिमाल आधार शिविर र पदमार्गको सरसफाईमा जुटेको छ । यूनिट्राभले जेठ ४ देखि १६ गतेसम्म पदमार्ग क्षेत्रमा कार्यरत १७ जना श्रमिकहरुको सहभागितामा लाङटाङ हिमाल क्षेत्रका पदमार्ग र आधार शिविर क्षेत्रमा सरसफाई गर्न लागेको हो ।

बुधबार यूनिट्राभले पत्रकार सम्मेलन गरी नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अन्तर्गतको यूनिट्राभ र नेदरल्यान्डको सहयात्री टे«ड युनियन एफएनभीसँगको सहकार्यमा लाङटाङ हिमाल जाने पदमार्ग र हिमालको आधार शिविरसम्म सरसफाई गर्न लागेको जानकारी गराएको छ । यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले ‘जलवायु परिवर्तनको असर कम गरौं र हिमाललाई बचाइराखौं, मानव जीवनलाई बचाइराखौं’ भन्ने सन्देशसहित सरसफाई हुन लागेको जानकारी दिनुभएको छ । अर्कोतर्फ श्रमिकहरु सामाजिक उत्तरदायित्व बहन गर्न र पर्यावरणको संरक्षणमा पनि उत्तिकै जिम्मेवार छन् भन्ने सन्देश दिन पनि सरसफाईमा जुटेको अध्यक्ष पराजुलीले बताउनुभयो । यूनिट्राभले हिमाल, पदमार्ग र पर्यावरण जोगाउन सबै सँगै एकजुट भएर लाग्नुपर्ने सन्देश पनि प्रवाह गरेको छ ।

२०४० सालमा स्थापित यूनिट्राभले ‘सेभ द क्यालइमेट, सेभ द हिमालय’ भन्ने नारासहित विगत २० वर्षदेखि सगरमाथा, अमादब्लम, मेरा पिक, मनाश्लु, लाङटाङ, अन्नपूर्ण, धौवलागिरि, गौरीशंकरसहित धेरै हिमालका आधार शिविर र पदमार्ग क्षेत्रको सरसफाइ गर्दै आएको जनाएको छ । यसैगरी २०५२ सालदेखि निरन्तर ‘स्वच्छ हावापानी स्वच्छ जीवन हाम्रो अधिकार’ भन्ने नारासहित यूनिट्राभले त्रिशूली, भोटेकोसी, फेवाताल, सालीनदीको सरसफाईका साथै बागमती बचाउ अभियानको नारा लिएर सरसफाइ गर्दै आइरहेको जानकारी गराएको छ । यूनिट्राभले विभिन्न समयमा फरक–फरक स्थानमा बृक्षारोपणसहित विपदमा परेका नागरिकको उद्दार गर्ने काम पनि गर्दै आएको जनाएको छ ।

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१ मा प्रकाशित

You can share this post!

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल प्रस्ताव स्वीकृत   

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल प्रस्ताव स्वीकृत   

वि.सं.२०८१ चैत ७ बिहीवार १७:५६

काठमाडौँ : ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक,...

भोली प्रदेशभर सार्वजनिक विदा

भोली प्रदेशभर सार्वजनिक विदा

वि.सं.२०८१ चैत ७ बिहीवार १७:५२

डोटी । सुदूरपश्चिम प्रदेशमा भोली चैत्र ८ गते सार्वजनिक विदा...

सुयोग श्रेष्ठ पुनः डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्ष निर्वाचित

सुयोग श्रेष्ठ पुनः डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्ष निर्वाचित

वि.सं.२०८१ चैत ७ बिहीवार १७:४६

काठमाडौं । विकास बैंकहरूको छाता संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल...

महिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्न

महिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८१ चैत ७ बिहीवार १७:३१

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आज सातौं बार्षिक...

लोकतान्त्रिक गणतन्त्रका पक्षमा एमालेद्वारा जनसचेतना, जनप्रदर्शन र विशेष सभा घोषणा

लोकतान्त्रिक गणतन्त्रका पक्षमा एमालेद्वारा जनसचेतना, जनप्रदर्शन र विशेष सभा घोषणा

वि.सं.२०८१ चैत ७ बिहीवार १७:२७

काठमाडौं । नेकपा (एमाले) ले मुलुकमा भइरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनसचेतना...

उद्योगमा १२ घण्टासम्म लोडसेडिङ्ग, नेपाल उद्योग परिसंघको आपत्ति

उद्योगमा १२ घण्टासम्म लोडसेडिङ्ग, नेपाल उद्योग परिसंघको आपत्ति

वि.सं.२०८१ चैत ७ बिहीवार १७:१८

काठमाडौं । नेपाल उद्योग परिसंघले उद्योग क्षेत्रमा भइरहेको लोडसेडिङ्गप्रति गम्भीर...