back
NMB Ad

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

Nepal Bank

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा ४० प्रतिशत मृत्यु हृदयाघातबाट हुने गरेको बताएको छ । यो एक दिनमा १० हजार वा प्रतिवर्ष ४० लाख मृत्यु बराबर हो । सङ्गठनले बुधबार युरोपेलीहरूसँग नुनको सेवन कम गर्न आग्रह गरेको छ ।

डब्ल्युएचओको युरोप शाखाका निर्देशक हान्स क्लुजले विज्ञप्तिमा भन्नुभयो, “नुनको सेवनलाई २५ प्रतिशतले कम गर्ने लक्षित नीतिहरू लागु गर्दा सन् २०३० सम्म हृदयाघातबाट करिब नौ लाख मानिसको ज्यान बचाउन सकिन्छ ।”

युरोपमा ३० देखि ७९ वर्षबीचका तीन वयस्कमध्ये एकजना उच्च रक्तचापबाट पीडित छन् । रक्तचाप प्राय नुनको अधिक सेवनले हुन्छ । डब्ल्युएचओको युरोपेली क्षेत्रका ५३ मध्ये ५१ मुलुकमा औसत दैनिक नुनको सेवन डब्ल्युएचओले सिफारिस गरेको अधिकतम पाँच ग्राम वा एक चम्चाभन्दा बढी हुन्छ । यसको मुख्य कारण प्रशोधित खाद्य पदार्थ र स्न्याक्स हो ।

“नुनको उच्च सेवनले रक्तचाप बढाउँछ, रक्तचाप हृदयाघात वा स्ट्रोकजस्ता हृदय रोगहरूका लागि प्रमुख जोखिम कारक हो”, डब्ल्युएचओले भनेको छ ।

सङ्गठनले युरोपमा रक्तचापको विस्तार विश्वमा सबैभन्दा बढी रहेको बताएको छ । सङ्गठनको प्रतिवेदनअनुसार यस क्षेत्रमा महिलाको तुलनामा पुरुषको मृत्यु हुने सम्भावना करिब अढाई गुणा बढी छ ।

हृदयाघातबाट मृत्यु हुनेमा भौगोलिक विभाजन पनि छ । पश्चिमी युरोपको तुलनामा पूर्वी युरोप तथा मध्य एसियामा हृदयाघातबाट युवा (३० देखि ६९ वर्ष समूह) मृत्यु हुने सम्भावना करिब पाँच गुणा बढी छ ।

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९ मा प्रकाशित

You can share this post!

पेस्तोलसहित दुई युवा पक्राउ   

पेस्तोलसहित दुई युवा पक्राउ   

वि.सं.२०८२ जेठ ८ बिहीवार २०:२७

तनहुँ  : पृथ्वीराजमार्ग सडकअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट आज पेस्तोलसहित...

बजेट तयारीमा व्यस्त अर्थ मन्त्रालय, मुलुकको आवश्यकता र सुझावलाई प्राथमिकता

बजेट तयारीमा व्यस्त अर्थ मन्त्रालय, मुलुकको आवश्यकता र सुझावलाई प्राथमिकता

वि.सं.२०८२ जेठ ८ बिहीवार १७:२१

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट...

मंगलबारको क्याबिनेट बैठकका ९ निर्णय, यस्ता छन्

मंगलबारको क्याबिनेट बैठकका ९ निर्णय, यस्ता छन्

वि.सं.२०८२ जेठ ८ बिहीवार १७:०९

काठमाडौं : सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङले मंगलबारको मन्त्रिपरिषद्का...

नीतिगत स्थिरता र लगानी दशकको माग : निजी क्षेत्रको सुझाब—‘साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’

नीतिगत स्थिरता र लगानी दशकको माग : निजी क्षेत्रको सुझाब—‘साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’

वि.सं.२०८२ जेठ ८ बिहीवार १७:०१

काठमाडौँ : संघीय संसद्को अर्थ समितिमा आज सम्पन्न छलफलमा निजी...

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८२ जेठ ८ बिहीवार १६:५१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८२ जेठ ८ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा वृद्धि भएको...