
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत भएको छ ।
साविकको सामुदायिक लघुवित्त र विपीडब्लु लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने रगाभिने गर्दा १ः०.८५३५ को अनुपातमा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य १०० रुपैंयाका दरको १४ लाख ५२ हजार १ देखि १७ लाख ८ हजार ५० सम्मको जम्मा २ लाख ५६ हजार ५० कित्ता शेयर सूचिकृत भएको हो ।
धितोपत्र सूचिकरण विनियमावली २०७५ बमोजिम नेप्सेमा कारोबार हुने गरी संलग्न सम्झौता, शर्तहरु पालना गर्नेगरी जेठ ४ गतेको निर्णायनुसार कम्पनीको रोक्का रहेको सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जानकारी दिएको छ ।
साथै, सामुदायिक लघुवित्तको स्टक सिम्बोल ‘एसएलबिएसएल’ रहने र नेप्सेले पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज ८८३ रुपैंया ९७ पैसा तोकेको छ ।
वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१ मा प्रकाशित