back
NMB Ad

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा मन्त्रालयमा छड्के अनुगमन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि, गृह , उद्योग वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालयका कर्मचारीले समय पालना गरे/नगरेको, तोकिएका पोसाक लगाए÷नलगाएको लगायत विषयमा अनुगमन गरेको हो ।

सतर्कता केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माका अनुसार अनुगमनका क्रममा शिक्षा मन्त्रालयमा सात र गृह मन्त्रालयमा नौ गरी १६ जना कर्मचारी अनुपस्थित देखिएका छन् । त्यस्तै, अनुगमनका क्रममा तोकिएको कार्यालय समयभन्दा ढिला आउने कर्मचारीको सङ्ख्या ७४ जना भेटिएको थियो । सूचना अधिकारी शर्माका अनुसार शिक्षा मन्त्रालयका सात, गृह मन्त्रालयका ३४, उद्योग मन्त्रालयका दुई र परराष्ट्र मन्त्रालयका १० जना तोकिएको कार्यालय समयभन्दा ढिला कार्यालय आएको भेटिएको थियो । अनुगमनका क्रममा शिक्षा मन्त्रालयका चारजना कर्मचारी आफ्नो कार्यकक्षमा नभेटिएको पनि सतर्कता केन्द्रले जनाएको छ ।

अनुगमनका क्रममा ती मन्त्रालयहरुमा तोकिएको पोसाक नलगाउने कर्मचारीको सङ्ख्या पनि उल्लेख्य देखिएको छ । शिक्षा मन्त्रालयका नौ, उद्योग मन्त्रालयका दुई र परराष्ट्र मन्त्रालयका नौ गरी २० जना कर्मचारी तोकिएको पोसाक नलगाईकन कार्यालयमा उपस्थित भएको सतर्कता केन्द्रले जनाएको छ । अनुगमनका क्रममा शिक्षा मन्त्रालयमा सेवाग्राही सहायता कक्ष , अपाङ्गमैत्री कार्यस्थल , प्रतीक्षालय , चमेनागृहको सरसफाइ राम्रो नदेखिएकोलगायत कैफियत सतर्कता केन्द्रले भेटाएको छ ।

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८ मा प्रकाशित

You can share this post!

सांग्रिला बैंकको ‘टपअपमा टपअप’ अफर : हरेक हप्ता ५० जनालाई बोनस

सांग्रिला बैंकको ‘टपअपमा टपअप’ अफर : हरेक हप्ता ५० जनालाई बोनस

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:४६

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै मोबाइल...

प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग   

प्रतिनिधिसभा बैठक सुरु, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग   

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:३२

काठमाडौँ : प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठक...

घरायसी विवादमा श्रीमतीको हत्या   

घरायसी विवादमा श्रीमतीको हत्या   

वि.सं.२०८२ वैशाख १६ मंगलवार ११:३५

म्याग्दी : बेनी नगरपालिका–७ मङ्गलाघाटमा एक व्यक्तिले दाउरा प्रहार गरी...

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नाफामा उछाल, ३८ सय प्रतिशतले वृद्धि

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नाफामा उछाल, ३८ सय प्रतिशतले वृद्धि

वि.सं.२०८२ वैशाख १६ मंगलवार ११:०८

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको...

दाउन्नेमा वैशाख ३१ सम्म राति सवारी रोकिँदै, सडक विस्तारमा तीव्रता

दाउन्नेमा वैशाख ३१ सम्म राति सवारी रोकिँदै, सडक विस्तारमा तीव्रता

वि.सं.२०८२ वैशाख १६ मंगलवार १०:५६

मध्यविन्दु (नवलपरासी) : नारायणगढ–बुटवल सडकअन्तर्गत दाउन्ने क्षेत्रमा सडक विस्तारलाई तीव्र...

सुनको भाउ बढ्दा चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ बढ्दा चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८२ वैशाख १६ मंगलवार १०:४८

काठमाडौं। साताको तेस्रो कारोबार दिन सुनको भाउ बढेएको छ ।...