back
NMB Ad

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा   

दमौली (तनहुँ), ७ जेठः तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गए राति १२ः४५ बजेदेखि आगलागी सुरु भएको थियो ।

आगलागीका कारण यहाँका करिब २० वटा सटर पूर्णरुपमा जलेका छन् । आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ । तीन घण्टाको प्रयासपछि आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।

तनहुँ जलविद्युत् आयोजना, मुग्लिन पोखरा सडक योजना, व्यास नगरपालिकाको गरी चार वटा दमकलको सहायताले बिहान ३ः४५ बजे आसपास आगलागी निभाइएको प्रहरीको भनाइ छ । आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले सहयोग गरेका थिए ।

आगलागीको केही समयमै व्यास नगरपालिकाको दमकल आइपुगेको थियो । नगरपालिकाको दमकल सानो र कम क्षमताको भएका कारण सुरुमा आगलागी निभाउन कठिन भएको थियो । केही समयपश्चात् मुग्लिन पोखरा सडक योजना र तनहुँ जलविद्युत आयोजनाका दमकल आएपछि आगलागी नियन्त्रणमा सहज भएको थियो ।

विद्युत् चुहावट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीका कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका सटर भाडामा लगाइएको थियो । यहाँ विभिन्न पसल सञ्चालनमा थिए ।

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:३३ मा प्रकाशित

You can share this post!

एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ चैत १४ बिहीवार ०६:४१

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज...

नेपालको अर्थतन्त्रमा ५.१ प्रतिशत वृद्धि: यातायात, निर्माण र कृषि क्षेत्र प्रमुख योगदानकर्ता

नेपालको अर्थतन्त्रमा ५.१ प्रतिशत वृद्धि: यातायात, निर्माण र कृषि क्षेत्र प्रमुख योगदानकर्ता

वि.सं.२०८१ चैत १४ बिहीवार ०६:३३

काठमाडौँ : चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिकमा पाँच...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर   

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८१ चैत १४ बिहीवार ०६:२५

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर...

आज १४ चैत्र २०८१ बिहिवार, कुन राशिको कस्तो रहला ?

आज १४ चैत्र २०८१ बिहिवार, कुन राशिको कस्तो रहला ?

वि.सं.२०८१ चैत १४ बिहीवार ०६:२०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

बिहीबारदेखि ‘एडभान्स फन्सनल मटेरियल्स’ सम्बन्धी दोस्रो अन्तरराष्ट्रिय वैज्ञानिक सम्मेलन   

बिहीबारदेखि ‘एडभान्स फन्सनल मटेरियल्स’ सम्बन्धी दोस्रो अन्तरराष्ट्रिय वैज्ञानिक सम्मेलन   

वि.सं.२०८१ चैत १३ बुधवार २०:४८

काठमाडौँ : नेपालमा ‘एडभान्स फन्सनल मटेरियल्स’ सम्बन्धी दोस्रो अन्तरराष्ट्रिय वैज्ञानिक...

काँकरभिट्टा नाकाबाट करिब १२ अर्ब ७४ करोडको पेट्रोलियम पदार्थको आयात   

काँकरभिट्टा नाकाबाट करिब १२ अर्ब ७४ करोडको पेट्रोलियम पदार्थको आयात   

वि.सं.२०८१ चैत १३ बुधवार २०:४५

भद्रपुर (झापा) : चालु आर्थिक वर्षको आठ महिनामा पूर्वी नाका...