back
NMB ad

प्रभु बैंकका ग्राहकलाई होटल सरोवर र किङ्गस लाउन्ज पोखरामा विशेष छुट

Kumari bank ad

पोखरा । पर्यटकीय सदरमुकाम पोखराको लेकसाइडमा अवस्थित होटल सरोवर प्रा.लि र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकहरुलाई बिशेष छुट प्रदान गर्ने भएको छ ।

जेठ ८ गते छुट्टाछुट्टै समारोहका बीच होटल सरोवरको तर्फबाट मुख्य प्रबन्धक प्रतिक पहारी, किङ्गस लाउन्ज पोखराको तर्फबाट सञ्चालन प्रबन्धक अजय नकर्मी र प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख प्रदेश अधिकृत गण्डकी प्रदेश राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहकबर्ग, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका परिवारजनले होटल सरोवरमा उपलब्ध सेवा हरु जस्तै आवास, खाना, मनोरञ्जन सभाहल र पौडि लगायतका सेवा हरुमा बिशेस छुट प्राप्त गर्न सक्नेछन भने किङ्गस लाउन्ज पोखरामा उपलब्ध सेवाहरु जस्तै खाना, खाजा, तथा मनोरञ्जन सुबिधामा बिशेस छुट प्राप्त गर्न सक्नेछन । साथै प्रभु बैंकका कर्मचारी तथा ग्राहक हरुले आफ्नो बैंक सँगको आबद्धताको प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सकिनेछ ।

नेपालको पर्यटन क्षेत्रमा लामो समयदेखि निरन्तर रुपमा लागि राख्नु भएको प्रा.डा. भरत पहारीदरा सन्चालीत होटल सरोवर पोखराको लेकसाइडमा एकै छाना मुनी अत्याधुनिक सेवा तथा सुबिधाहरु उपलब्ध गराउँदै आएको छ भने किङ्गस लाउन्ज पोखरा युवा तथा संगितप्रेमी लक्षित होटल तथा रेष्टुरेण्ट को रुपमा बहुचर्चित पाईन्छ । त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधी बाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यलयहरु, २८५ एटीयम साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा वढि ग्राहकहरुलाई “बिश्वास लिन्छौं बिश्वास दिन्छौं” मुल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधी मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

समारोहमा प्रभु बैंक गण्डकी प्रदेशका सञ्चालन जोखिम अधिकृत ज्योतिकृष्ण लामिछाने, प्रदेश व्यापार प्रबन्धक विक्रम गिरी्, होटल सरोवरका म्यानेजर मनिस श्रीवास्तव तथा किङ्गस लाउन्ज पोखरा प्रबन्धक मदन श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

वि.सं.२०८१ जेठ ९ बुधवार १३:०६ मा प्रकाशित

You can share this post!

प्रतिनिधिसभा बैठक बस्दै : प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर   

प्रतिनिधिसभा बैठक बस्दै : प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर   

वि.सं.२०८१ साउन ७ सोमवार १०:०२

काठमाडौँ, ७ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सांसदहरूद्वारा...

निफ्राको अधिकांश सूचकमा गिरावट, वितरणयोग्य मुनाफा ७० करोड ७२ लाख रुपैंया

निफ्राको अधिकांश सूचकमा गिरावट, वितरणयोग्य मुनाफा ७० करोड ७२ लाख रुपैंया

वि.सं.२०८१ साउन ७ सोमवार ०६:५१

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले गत आर्थिक वर्षको...

अवरुद्ध बेनी–दरबाङ सडक दश दिनपछि खुल्यो   

अवरुद्ध बेनी–दरबाङ सडक दश दिनपछि खुल्यो   

वि.सं.२०८१ साउन ७ सोमवार ०६:३८

गलेश्वर (म्याग्दी) ७ साउनः अवरुद्ध बेनी–दरवाङ सडक दश दिनपछि खुलेको...

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति दिवस मनाइँदै   

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति दिवस मनाइँदै   

वि.सं.२०८१ साउन ७ सोमवार ०६:२२

काठमाडौँ, ७ साउन : नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको...

आज ७ साउन २०८१ सोमवार, कस्तो छ राशिफल ?

आज ७ साउन २०८१ सोमवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ साउन ७ सोमवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

इजराइलले हुथी विद्रोहीमाथि आक्रमण गरेको केही घन्टापछि यमनबाट प्रहार गरिएको क्षेप्यास्त्र खसाल्यो   

इजराइलले हुथी विद्रोहीमाथि आक्रमण गरेको केही घन्टापछि यमनबाट प्रहार गरिएको क्षेप्यास्त्र खसाल्यो   

वि.सं.२०८१ साउन ६ आइतवार १९:५५

जेरुसेलम, ६ साउन : इजराइली युद्धक विमानहरूले यमनमा धेरै हुथी...