back

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

Nepal Bank

जनकपुरधाम, ९ जेठ : नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश जारी गरिएको छ ।
जिल्ला अदालत धनुषा, जनकपुरधामका न्यायाधीश चुरामन खड्काको एकल इजलासले आज अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश जारी गरेकोे जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रन्जन अवाले जानकारी दिनुभयो । यसअघि प्रहरीले आज बिहान ११ बजे उहाँलाई जिल्ला अदालतमा उपस्थित गरी पाँच दिनको समय माग गरेको थियो ।

अध्यक्ष सिरोहियाविरुद्ध नागरिकता सम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले मङ्गलबार पक्राउ पुर्जी जारी गर्न आदेश दिएको थियो । लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराई र प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीको टोलीले अध्यक्ष सिरोहियालाई कान्तिपुर पब्लिकेसनको थापाथलीस्थित उहाँकै कार्यकक्षबाट पक्राउ गरेको थियो । उहाँलाई थप अनुसन्धानका लागि आज बिहान जनकपुर ल्याइपु¥याइएको थियो ।

अध्यक्ष सिरोहियाको दोहोरो तथा कीर्ते नागरिकता रहेको भन्ने विषयमा छानबिन गर्न सर्लाहीका इन्द्रजित महतोले गत वैशाख १६ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनुभएको थियो । सो उजुरीमा फरक फरक नम्बरका नागरिकता प्रयोग गरिरहको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसुर छानबिन गर्न माग गरिएको थियो । सोही उजुरीका आधारमा अध्यक्ष सिरोहियामाथि अनुसन्धान तथा छानबिन गर्न जिल्ला अदालतले मङ्गलबार पक्राउ पुर्जी आदेश दिएको थियो ।

वि.सं.२०८१ जेठ ९ बुधवार १७:१६ मा प्रकाशित

You can share this post!

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

वि.सं.२०८२ असार ३ मंगलवार २१:२६

भरतपुर (चितवन) : पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः...

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

वि.सं.२०८२ असार ३ मंगलवार १८:४९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र...

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

वि.सं.२०८२ असार ३ मंगलवार १८:४२

नयाँदिल्ली :   भारतले मङ्गलबार आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह गरेको...

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

वि.सं.२०८२ असार ३ मंगलवार १८:२४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखराको लेकसाइडस्थित टिका...

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

वि.सं.२०८२ असार ३ मंगलवार १८:१६

काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था...

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

वि.सं.२०८२ असार ३ मंगलवार १६:४१

वीरगञ्ज (पर्सा) : सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक...