back
NMB Ad

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

Royal Enfield Inside Page Banner

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा इ–नेबल नेपाललाई कृत्रिम हातको उत्पादन गरि जन्मजात अथवा विभिन्न कारणले आफ्नो हात/अंग गुमाएका बालबालिकहारुलाई सहयोग गर्न ४ लाख रुपैंयाको चेक हस्तान्तरण गरेको छ ।

कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमालद्वारा इ–नेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठ र महासचिब दिनेश राज भण्डारीलाई २०८१ साल, जेष्ठ ९, बुधवार कम्पनीको प्रधान कार्यालयमा ४ लाख रुपैंयाको चेक हस्तान्तरण गरेको हो सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको यस सहयोगले इ–नेबल नेपाललाई आउदो समयमा समाजमा रहेका बालबालिकाहरुलाई सहयोग गर्न र सकारात्मक परिवर्तन ल्याउनमा केहि मद्दत हुने आपेक्षा रखेको छ ।

बिगत समयमा विज्ञान र प्रविधिको क्षेत्रले अविश्वासनीय विकास गरे संगै, मानवीय जीवनलाई निकै सकारात्मक प्रभाव पारेको छ । यस विकासलाई आधार बनाएर कयौं मनिस र संस्थाहरुले समाजको हितका लागि कदम बडाएर आफ्नो लक्ष्यलाई पुरा गर्न सफल पनि भएका छन् र त्यस कार्यको एक उत्कृष्ट उदाहरण रहेको छ; ई–नेबल नेपाल । सन २०१८ सालमा स्थापना भएको यस संस्था, बिगत ६ बर्ष देखी ३ डिको प्रिन्ट मेसिनको प्रयोग गरी कार्यात्मक कृत्रिम हातको उत्पादन गरि समाजमा रहेका आर्थिक रुपमा कम्जोर अपाङ्गता भएका बालबालिकाहारुलाई निःशुल्क रुपमा वितरण गर्दै आइरहेको छ । जन्मजात अपाङ्गता भएका लगायत विभिन्न कारणले आफ्नो हात÷ अंग गुमाएका बालबालिकहारुलाई सहयोग गर्ने मुल नाराका साथ आघी बडेको यस गैर सरकारी, गैर नाफा मुलक संस्था अहिलेको समयमा लग्भाग १०० वटा भन्दा बडि देशहरूमा कार्यरत छ भने आहिले सम्म नेपालमै कयौं बालबालिकहारु माझ सहयोग पु¥याउन सफल भएको छ ।

अपाङ्गताका कारण कुनैपनी बालबालिकले समाजबाट भेदभाव भोग्नु नपरोस र एक सामान्य व्यक्ति सरि विभिन्न काम गर्न सक्षम भई समाजमा सम्मान रुपमा स्थापित गराउने इ–नेबल नेपालको यस पवित्र उद्देश्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी पनि संगसगै उभिएको छ र साथ दिन सम्पुर्ण शुभचिन्तकहरुमा आह्वान गरेको छ ।

वि.सं.२०८१ जेठ ९ बुधवार १७:२८ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
सिमेन्टमा मूल्य बढ्नुको कारण सात दिनभित्र पेस गर्न निर्देशन   

सिमेन्टमा मूल्य बढ्नुको कारण सात दिनभित्र पेस गर्न निर्देशन   

वि.सं.२०८१ माघ ९ बुधवार १७:०३

काठमाडौँ : सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य...

विश्वकप महिला क्रिकेटः नेपाल अष्ट्रेलियासँग पराजित   

विश्वकप महिला क्रिकेटः नेपाल अष्ट्रेलियासँग पराजित   

वि.सं.२०८१ माघ ९ बुधवार १६:२७

काठमाडौँ : आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अष्ट्रेलियासँग...

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ माघ ९ बुधवार १६:२२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधबार एक कम्पनीको मूल्य...

नेप्सेमा दुई कम्पनीको ३३ लाख ३२ हजार बोनस सेयर सूचिकृत, कुनको कति ?

नेप्सेमा दुई कम्पनीको ३३ लाख ३२ हजार बोनस सेयर सूचिकृत, कुनको कति ?

वि.सं.२०८१ माघ ९ बुधवार १६:१७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार थप दुई कम्पनीको...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ माघ ९ बुधवार १५:१२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य हरियाली...

सेयर बजारमा हरियाली, कारोबार रकम बढ्दा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली, कारोबार रकम बढ्दा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ माघ ९ बुधवार १५:०५

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य हरियाली...