back
NMB ad

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

Kumari bank ad

काठमाडौँ, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जलवायु वित्तीय व्यवस्थापन र दिगो विकासका पहलहरूमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने स्पष्ट गर्नुभएको छ ।

काठमाडौँको चन्द्रागिरिमा बुधबारदेखि सुरु भएको ‘हिमाल, मानिस र जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विशेषज्ञ संवादलाई नेपालको निजी क्षेत्रका तर्फबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले प्रतिकूलता न्यूनीकरण, जोखिम न्यूनीकरण र दिगो अर्थतन्त्रका लागि जलवायु वित्तीय व्यवस्थापन महत्वपूर्ण रहेकामा जोड दिनुभयो । उहाँले नेपालको जलवायुमैत्री लगानीमा नेपालले गरेका पहलहरूका बारेमा प्रस्तुत गर्दै नेपालको प्राकृतिक सम्पदालाई दिगो विकासका लागि उपयोग गर्न नेपाल सरकार तथा निजी क्षेत्र प्रतिबद्ध रहेको बताउनभयो ।

विशेष गरी ग्लोबल आइएमई बैंक र ग्लोबल क्लाइमेट पार्टनरशिप फन्ड बीचको २५ मिलियन अमेरिकी डलर सम्झौताले कार्बन उत्सर्जन र ऊर्जा माग घटाउने उद्देश्य राखेका परियोजनालाई वित्तीय सहायता प्रदान गर्ने अध्यक्ष ढकालले जानकारी दिनुभयो । यसबाट नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता परियोजनालाई बलियो बनाउनुका साथै लघु, साना तथा मझौला उद्योगलाई लाभ पु¥याइ नेपालको जलवायु प्रतिरोध क्षमता बढाउने उहाँले स्पष्ट पार्नुभयो ।

अध्यक्ष ढकालले निजी क्षेत्रले नेपालमा जलवायु मैत्री लगानी विस्तार गरेको तथा जलविद्युत, सौर्य ऊर्जा, कृषि, पर्यटन, तथा अन्य क्षेत्रमा उल्लेख्य मात्रामा लगानी गरेको जानकारी पनि सो अवसरमा दिनुभयो । उहाँले भन्नुभयो– “जलविद्युतमा निजी लगानीले एक हजार ७४४ मेगावाट विद्युत उत्पादन गरेका छन् । विशेष गरी ग्रामीण क्षेत्रमा सौर्य ऊर्जा परियोजनाहरू बढ्दै गइरहेका छन् र यसले गैर–नवीकरणीय स्रोतहरूप्रति निर्भरता घटाउँदैछ ।”

विद्युतीय सवारी साधनमा कम भन्सार शुल्क जस्ता सरकारी नीतिहरूले नवीकरणीय ऊर्जातर्फको परिवर्तनलाई थप समर्थन गरिरहेको र विद्युतीय सवारी प्रवर्धनमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको अध्यक्ष ढकालको भनाइ थियो । पर्यावरणमैत्री पर्यटन र केबलकार परियोजनाहरूको प्रवद्र्धनले पनि कार्बन उत्सर्जन घटाउन र दिगो विकासलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँको भनाइ थियो । अध्यक्ष ढकालले जलवायु मैत्रीपूर्ण लगानीको निरन्तर विस्तार तथा सशक्त सार्वजनिक–निजी साझेदारीका लागि पनि आह्वान गर्नुभयो । यस किसिमको साझेदारीले नेपालको सन् २०४५ सम्म शून्य उत्सर्जनको लक्ष्य पूरा गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।

वि.सं.२०८१ जेठ १० बिहीवार १७:११ मा प्रकाशित

You can share this post!

दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी, कम्तीमा २० मृत शरीर निकालिएको सरकारी अधिकारीद्वारा पुष्टि   

दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी, कम्तीमा २० मृत शरीर निकालिएको सरकारी अधिकारीद्वारा पुष्टि   

वि.सं.२०८१ असार १० सोमवार १७:००

सियोल, १० असार : दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी...

एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरुलाई ३५ प्रतिशतसम्म छुट दिने

एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरुलाई ३५ प्रतिशतसम्म छुट दिने

वि.सं.२०८१ असार १० सोमवार १६:५४

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

६.९९ प्रतिशतमा नै हुन्डाई भेन्यू खरिद गर्न सकिने, अन्य के-के छन् सुविधा ?

६.९९ प्रतिशतमा नै हुन्डाई भेन्यू खरिद गर्न सकिने, अन्य के-के छन् सुविधा ?

वि.सं.२०८१ असार १० सोमवार १६:४४

काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो...

गरिमा विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका वस्तु तथा सेवामा विशेष छुट

गरिमा विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका वस्तु तथा सेवामा विशेष छुट

वि.सं.२०८१ असार १० सोमवार १६:३६

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न व्यवसायिक संस्थाका...

एमसिसी कम्प्याक्ट कार्यान्वयनको पहिलो वर्ष ७० प्रतिशत बजेट सरेन्डर

एमसिसी कम्प्याक्ट कार्यान्वयनको पहिलो वर्ष ७० प्रतिशत बजेट सरेन्डर

वि.सं.२०८१ असार १० सोमवार १६:२३

हेमन्त जोशी काठमाडौँ, १० असार : मिलेनियम च्यालेञ्ज कर्पाेरेसनअन्तर्गतका परियोजना...

सेयर बजारमा सामान्य सुधार आउँदा दुई  कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा सामान्य सुधार आउँदा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ असार १० सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...