back
NMB Ad

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

Royal Enfield Inside Page Banner

काठमाडौँ, १० जेठ : नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्नुभएको छ । वसन्त ऋतुको जारी सगरमाथा आरोहणमा गोरखाकी फुञ्जोले आज बिहान ६ः२३ बजे सगरमाथाको चुचुरोमा पुगेर सगरमाथाको सबैभन्दा छिटो महिला आरोहीको कीर्तिमान बनाउनुभएको हो ।

सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार बुधबार दिउँसो ३.५२ मा आधार शिविरबाट आरोहण सुरू गरी आज बिहान ६ः२३ बजे आरोही फुञ्जोले सगरमाथाको चुचुरोमा पाइला टेक्नुभएको थियो । उहाँले १४ घण्टा ३१ मिनेटमा सगरमाथा आरोहण गरी कीर्तिमान कायम गर्नुभएको जनाइएको छ ।

यसअघि सन् २०१८ मा फुञ्जोले ३९ घण्टा ६ मिनेटमा सगरमाथाको शिखरमा पुगेर रेकर्ड बनाउनुभएको थियो । पछि सन् २०२१ मा हङकङकी स्याङ यिन हङले २५ घण्टा ५० मिनेटमा सगरमाथा आरोहण गरेर बनाएको कस्सतमान फुञ्जोले तोड्नुभएको हो । यसअघि दोलखाका पेम्बादोर्जे शेर्पाले आठघण्टा १० मिनेटमा सगरमाथा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने पुरुषको रूपमा गिनिजबुकमा रेकर्ड कायम गर्नुभएको थियो ।

विसं २०४३ मा गोरखाको छेकाम्बर बुर्जी गाउँ (चुम भ्याली) मा सामान्य परिवारमा जन्मेकी फुञ्जोको सानै उमेरदेखि हिमाल आरोहणमा रुचि थियो । अमेरिकाको ‘डेनाली’ हिमाल आरोहण गरेर आरोहण यात्रा प्रारम्भ गरेकी फुञ्जोले चोयु, अमाडब्लम, लापुछे, मनास्लुजस्ता हिमाल चढिसक्नु भएको छ । उहाँले फ्रान्सको ‘मोमलङ’ हिमाल पनि आरोहण गरिसक्नुभएको छ । सगरमाथा आरोही सङ्घका महासचिव नेपाल पर्वतारोहण सङ्घका सचिव शिवबहादुर सापकोटाका अनुसार आरोही फुञ्जोले २४ घण्टा २४ मिनेटमा सगरमाथाको आधारशिविरबाट चुचुरोसम्म र सगरमाथाको चुचुरोबाट आधार शिविरसम्म आरोहण सकेर नयाँ कीर्तिमान बनाउनुभएको छ ।

उहाँले नेपाली चेलीको साहसिक कार्यले संसारभर नेपालको साहसिक पर्यटन प्रवर्द्धमा सन्देश दिनुका साथै विश्वशान्ति, जलवायु परिवर्तन, पर्यटन प्रवर्द्धमा लाग्ने आरोहीको प्रोत्साहनमा पनि भूमिका खेलेको बताउनुभयो ।

फुञ्जोले हिमाल आरोहणका क्रममा दुर्घटनामा परेकालाई हेलिकप्टरमा झुण्डिएर उद्धार गर्ने काम गर्दै आउनुभएको छ । उहाँले सोलुखुम्बुको खुम्बु क्षेत्र र गोरखाको मनास्लु क्षेत्रमा हेलिकप्टरमा झुण्डिएर हिमालको चुचुरा, खोच, ग्ल्यासिएरसम्म पुगेर उद्धार कार्य गर्दै आउनुभएको छ । पहिलो नेपाली महिला हेलिकप्टर लामोलाइन उद्धारकर्ता फुञ्जो यसअघि नै तेन्जिङ–हिलारी पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ ।

वि.सं.२०८१ जेठ १० बिहीवार २१:०० मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
सिमेन्टमा मूल्य बढ्नुको कारण सात दिनभित्र पेस गर्न निर्देशन   

सिमेन्टमा मूल्य बढ्नुको कारण सात दिनभित्र पेस गर्न निर्देशन   

वि.सं.२०८१ माघ ९ बुधवार १७:०३

काठमाडौँ : सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य...

विश्वकप महिला क्रिकेटः नेपाल अष्ट्रेलियासँग पराजित   

विश्वकप महिला क्रिकेटः नेपाल अष्ट्रेलियासँग पराजित   

वि.सं.२०८१ माघ ९ बुधवार १६:२७

काठमाडौँ : आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अष्ट्रेलियासँग...

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ माघ ९ बुधवार १६:२२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधबार एक कम्पनीको मूल्य...

नेप्सेमा दुई कम्पनीको ३३ लाख ३२ हजार बोनस सेयर सूचिकृत, कुनको कति ?

नेप्सेमा दुई कम्पनीको ३३ लाख ३२ हजार बोनस सेयर सूचिकृत, कुनको कति ?

वि.सं.२०८१ माघ ९ बुधवार १६:१७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार थप दुई कम्पनीको...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ माघ ९ बुधवार १५:१२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य हरियाली...

सेयर बजारमा हरियाली, कारोबार रकम बढ्दा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली, कारोबार रकम बढ्दा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ माघ ९ बुधवार १५:०५

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य हरियाली...