back
NMB ad

नेपालगञ्जमा यसवर्षकै बढी गर्मी   

Kumari bank ad

नेपालगञ्ज, १६ जेठ : नेपालगञ्जमा बुधबार यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय, नेपालगञ्जकी इञ्जार्च मीना शिवाकोटीले नेपालगञ्जको अधिकतम तापक्रम ४२ दशमलव आठ रेकर्ड भएको जानकारी दिनुभयो । उक्त तापक्रम यो वर्ष गर्मी सुरु भएयताकै सबैभन्दा बढी भएको उहाँले बताउनुभयो ।

“केही दिन अझै तापक्रम बढ्नसक्छ तर कति बढ्छ भन्न सकिदैन”, उहाँले भन्नुभयो । जल तथा मौसम विभागले जेठ १८ गतेसम्म गर्मी बढ्ने अनुमान गरेकाले बिहीबार र शुक्रबार तापक्रम झनै वृद्धि हुने पूर्वामानुमान छ । गर्मी बढ्न सक्ने भएकाले सचेत रहन सर्वसाधारणलाई विभागले आग्रह गरेको छ । गर्मीका कारण जनजीवन कष्टकर भएको स्थानीयले बताएका छन् ।

वीरगञ्जबाट कामको सिलसिलामा नेपालगञ्ज आउनुभएका सरोज पटेलले वीरगञ्जभन्दा नेपालगञ्जमा धेरै गर्मी महसुस गरेको बताउनुभयो । “ठोस पदार्थ खान मन लाग्दैन, मुख पनि सुक्खा हुन्छ पानी खाँदै हिँडिरहेको छु”, उहाँले भन्नुभयो ।

अत्यधिक गर्मीका कारण सबैभन्दा बढी खुला ठाउँमा काम गर्ने मजदुर र रिक्साचालक प्रभावित भएका छन् । चिकित्सकले गर्मीबाट जोगिन बढी पानी पिउन र अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन् । भेरी अस्पताल नेपालगञ्जका चिकित्सक डा सङ्केत रिसालले केही दिनयता अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेको जानकारी दिनुभयो । उहाँले सबैभन्दा बढी छालाका बिरामी आउने गरेको बताउनुभयो । त्यसबाहेक झाडापखाला, ज्वरो र ‘लु’ का कारण आँखामा सङ्क्रमण भएका बिरामी पनि अस्पतालमा भर्ना भएको उहाँल बताउनुभयो । “ज्वरोका बिरामीको रिपोर्ट सामान्य नै छ तर अस्पताल भरिभराउ छ”, उहाँले भन्नुभयो ।

गर्मीमा विद्युत् नियमित नहुँदा नागरिकले ठूलो सास्ती खेप्न बाध्य भएका छन् । “विद्युत् सहज नहुँदा झन अप्ठ्यारो भएको छ”, स्थानीय आरती गौतमले भन्नुभयो ।

नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले गत साता आएको हुरीले दुई सय बढी खम्बा ढलेपछि समस्या भएको बताउनुभयो । हावाहुरीले ठूलो क्षति पुगेपछि विद्युत् वितरणमा समस्या भएको र केही दिनमा समस्या समाधान हुने लामिछानेको भनाइ छ ।

वि.सं.२०८१ जेठ १७ बिहीवार ०६:२१ मा प्रकाशित

You can share this post!

दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी, कम्तीमा २० मृत शरीर निकालिएको सरकारी अधिकारीद्वारा पुष्टि   

दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी, कम्तीमा २० मृत शरीर निकालिएको सरकारी अधिकारीद्वारा पुष्टि   

वि.सं.२०८१ असार १० सोमवार १७:००

सियोल, १० असार : दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी...

एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरुलाई ३५ प्रतिशतसम्म छुट दिने

एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरुलाई ३५ प्रतिशतसम्म छुट दिने

वि.सं.२०८१ असार १० सोमवार १६:५४

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

६.९९ प्रतिशतमा नै हुन्डाई भेन्यू खरिद गर्न सकिने, अन्य के-के छन् सुविधा ?

६.९९ प्रतिशतमा नै हुन्डाई भेन्यू खरिद गर्न सकिने, अन्य के-के छन् सुविधा ?

वि.सं.२०८१ असार १० सोमवार १६:४४

काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो...

गरिमा विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका वस्तु तथा सेवामा विशेष छुट

गरिमा विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका वस्तु तथा सेवामा विशेष छुट

वि.सं.२०८१ असार १० सोमवार १६:३६

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न व्यवसायिक संस्थाका...

एमसिसी कम्प्याक्ट कार्यान्वयनको पहिलो वर्ष ७० प्रतिशत बजेट सरेन्डर

एमसिसी कम्प्याक्ट कार्यान्वयनको पहिलो वर्ष ७० प्रतिशत बजेट सरेन्डर

वि.सं.२०८१ असार १० सोमवार १६:२३

हेमन्त जोशी काठमाडौँ, १० असार : मिलेनियम च्यालेञ्ज कर्पाेरेसनअन्तर्गतका परियोजना...

सेयर बजारमा सामान्य सुधार आउँदा दुई  कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा सामान्य सुधार आउँदा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ असार १० सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...