काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । संस्थाको जेठ २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि सेयरधनीहरुलाई कुनै पनि लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।
बैठकले गत आवमा ३० लाख ७३ हजार ७५१ रुपैयाँ खुद नाफा आर्जन गरेकोमा उक्त रकमको २० प्रतिशत अर्थात ६ लाख १४ हजार ७५० रुपैयाँ साधारण जगेडा कोषमा र बाँकी २४ लाख ९० हजार रुपैयाँ रिटेन्ड अर्निङमा राख्ने निर्णय गरेको छ ।
वि.सं.२०८१ जेठ २१ सोमवार ११:२२ मा प्रकाशित