back
NMB Ad

हिमालयन लाइफको सातै प्रदेशमा बार्षिकोत्सव कार्यक्रम सम्पन्न

Royal Enfield Inside Page Banner

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १६ औं बार्षिकोत्सवको अवसरमा आइतबार सातै प्रदेशमा विविध कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा कम्पनीले विभिन्न आश्रम तथा विद्यालयका बिद्यार्थीहरुलाई खाद्यान्य र स्टेशनरी सामाग्री वितरण गरेको छ ।

कम्पनीले कोशी प्रदेश अन्तर्गत बिराटनगरमा पूर्वाञ्चल बाल सेवा आश्रमलाई स्टेशनरी तथा बिराटेश्वर बृद्धाआश्रमलाई निर्माण सामाग्री, बिर्तामोड स्थित नमस्ते बाल तथा बृद्धा आश्रमका बालबालिकाहरुलाई शैक्षिक सामाग्री र बृद्धबृद्धाहरुको लागि खाद्यान्य वितरण गरेको छ । कम्पनीले मधेश प्रदेश अन्तर्गत जनकपुर स्थित राम जानकी बृद्धाआश्रम, बर्दिबास स्थित भुवनेश्वरी बृद्धाआश्रम र बिरगंज स्थित मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।

यसैगरी बागमती प्रदेश अन्तर्गत अपाङ्ग पुनस्र्थापना केन्द्र गोकर्णमा खाद्यान्य वितरण, चितवन देवघाट स्थित रामजानकी आश्रममा शैक्षिक सामाग्री वितरण गरिएको छ भने गण्डकी प्रदेश अन्तर्गत बाग्लुङको मानव सेवा आश्रममा खाना खुवाउने, लमजुङ बेसिशहर स्थित लमजुङ बिद्यालयका ४० जना बिद्यार्थीहरुलाई स्टेशनरी वितरण, पोखरा स्थित वल्डएज होममा खाद्यान्य वितरण गरेको छ ।

लुम्बिनी प्रदेश अन्तर्गत बुटवल स्थित अपाङ्ग आश्रममा खाद्यान्य वितरण, नेपालगंज, पाल्पा र घोराही स्थित निलसागर सेवा आश्रमका बृद्धाबृद्धालाई खाद्यान्य वितरण, कपिलबस्तु स्थित कैलाश आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ भने कर्णाली प्रदेशको सुर्खेत स्थित मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न भएको छ । त्यस्तै सुदुरपश्चिम प्रदेश अन्तर्गत टिकापुर स्थित साहारा घर, डडेल्धुरा स्थित उग्रतारा संस्कृत बिद्यालय, झलारी स्थित बिद्यालयमा र धनगढी स्थित परिवार वालगृहमा खाद्यान्य तथा बिद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरिएको छ ।

हिमालयन लाइफ इन्स्योरेन्स स्थापना भएको मंगलवार १६ बर्ष पुरा हुदैछ । साविकको प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मर्जर भई हिमालयन लाइफ इन्स्योरेन्स बनेको हो ।

वि.सं.२०८१ जेठ २२ मंगलवार १२:०१ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
आजको मौसमः देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम   

आजको मौसमः देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम   

वि.सं.२०८१ फागुन १ बिहीवार ०९:१९

काठमाडौँ : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा...

छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया आमा   

छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया आमा   

वि.सं.२०८१ फागुन १ बिहीवार ०६:३४

विष्णुप्रसाद गौडेल मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–४...

आज विश्व रेडियो दिवस   

आज विश्व रेडियो दिवस   

वि.सं.२०८१ फागुन १ बिहीवार ०६:२७

काठमाडौँ : आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम...

सामाजिक उत्तरदायित्वमा माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको १७ करोड खर्च   

सामाजिक उत्तरदायित्वमा माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको १७ करोड खर्च   

वि.सं.२०८१ फागुन १ बिहीवार ०६:२१

काठमाडौँ :  रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत्...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर   

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८१ फागुन १ बिहीवार ०६:१५

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आज १ फाल्गुण २०८१ बिहिवार, हेर्नुहोस् आजको राशिफल

आज १ फाल्गुण २०८१ बिहिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ फागुन १ बिहीवार ०६:०९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...