back

प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाइ हेयर एण्ड शान्ति यूनिसेक्स हेयर सलोनमा विशेष छुट

Nepal Bank

काठमाडौं । प्रभु बैंक लिमिटेड र हेयर एण्ड शान्ति यूनिसेक्स हेयर सलोनबीच सम्झौता भएको छ । सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलाई सौेन्द्रर्य सम्बन्धि सेवा सुविधामा (Professional Makeup , Painless Depilation ,Haircut and Styling, Eyelash Extensions, Professional Stylists ,Spa Procedures, Regenerating Treatments, Manicure & Pedicure)विशेष छुट प्रदान गर्ने गर्ने भएको हो।

एक समारोहका बिच हेयर एण्ड शान्तिका तर्फबाट निर्देशक रामकुमार श्रेष्ठ र प्रभु बैंक लि.का तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ । समारोहमा प्रभु बैंकका बजार व्यवस्थापकका तर्फबाट म्यानेजर दिना चित्रकार र अधिकृत आशुतोष सिंह कठायत तथा हेयर एण्ड शान्तिका तर्फबाट म्यानेजर पुजा थापाको उपस्थिति रहेको थियो ।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु तथा कर्मचारीहरुले हेयर एण्डमा माथि उल्लेखित सौेन्द्रर्य सम्बन्धि सेवा लिँदा (थ्रेड्रिङ्ग बाहेक) ग्राहकहरुलाई १० प्रतिशत र कर्मचारीहरुलाई ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुले मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा बिद्युतिय प्रणाली मध्ये कुनै एक तथा बैंकका कर्मचारीहरुले प्रभु बैंक लिमिटेडको कर्मचारी परिचयपत्र समेत पेश गर्नुपर्ने छ ।

हेयर एण्ड शान्तिले दुई दशकदेखि निरन्तर बिभिन्न स्थानमा (आउटलेटः काठमाडौ भित्र ८ र पोखरा १, बिरगंज १, हेटौडा २ र नारायणघाट १ ) बाट सौेन्दर्य सम्बन्धि सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

वि.सं.२०८१ जेठ २४ बिहीवार १८:०९ मा प्रकाशित

You can share this post!

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन   

वि.सं.२०८२ असार ६ शुक्रवार ०६:५८

वीरगञ्ज (पर्सा) : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष...

प्रभावकारी बन्दै कृषक पाठशाला: विषादी औषधि होइन भन्ने वास्तविकता बुझ्दै किसान   

प्रभावकारी बन्दै कृषक पाठशाला: विषादी औषधि होइन भन्ने वास्तविकता बुझ्दै किसान   

वि.सं.२०८२ असार ६ शुक्रवार ०६:५३

कमल खत्री बेनी (म्याग्दी) : बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापामगर...

टेक एण्ड पे पीपीए संसोधनमा सरकार गम्भीर नभएपछि इप्पानले घोषणा गर्‍यो आन्दोलन, यस्ता छन् कार्यक्रम

टेक एण्ड पे पीपीए संसोधनमा सरकार गम्भीर नभएपछि इप्पानले घोषणा गर्‍यो आन्दोलन, यस्ता छन् कार्यक्रम

वि.सं.२०८२ असार ६ शुक्रवार ०६:४३

काठमाडौं । टेक एण्ड पे पीपीए सम्बन्धी प्रावधान हटाउने सम्बन्धमा...

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची    

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची   

वि.सं.२०८२ असार ६ शुक्रवार ०६:३५

काठमाडौँ  : प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद्...

नेपाल राष्ट्र बैंकद्वारा दुई भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज   

नेपाल राष्ट्र बैंकद्वारा दुई भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज   

वि.सं.२०८२ असार ६ शुक्रवार ०६:३१

काठमाडौँ : नेपाल राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पे...

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर   

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८२ असार ६ शुक्रवार ०६:२५

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...