back
Kumari Bank

पाँच दिन भित्र सहकारी समस्या समाधानको ठोस योजना ल्याउछौं : मन्त्री अधिकारी

काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले पाँच दिन भित्र सहकारी समस्या समाधानको ठोस योजना ल्याउने बताउनु भएको छ ।

बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सहकारी समस्या समाधानका लागि सरोकारवालाहरुको छलफलबाट आएको निष्कर्ष कार्यान्वयनका लागि पाँच दिन भित्र सहकारी समस्याको ठोस योजना ल्याउन मन्त्री अधिकारीले मन्त्रालय मातहतका निकाय र सरोकारवाला निकायलाई निर्देशन दिनु भएको हो ।

भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दवाडीको संयोजन रहने गरी मन्त्रालयले सहकारी समस्या समाधानको ठोस योजना ल्याउने गृहकार्य सुरु गरेको छ । ठोस योजनालाई अन्तिमरुप दिएर मन्त्रीपरिषद्को बैठकमार्फत निणर्य गराई सहकारी समस्या समाधानका लागि पहलकदमी लिने मन्त्री अधिकारीले बताउनु भयो ।

मन्त्री अधिकारीले मन्त्रालयले कर्जा असुली न्यायधिकरण गठन, स्वायत किसिमको नियमनकारी प्राधिकरणको गठन, कर्जा सुचना केन्द्रको स्थापना, सहकारी बचत तथा कर्जा सुरक्षण कोष र सहकारीको यथार्थ बिवरण संकलन गर्नेलगायतको ठोस कार्ययोजना तत्काल कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनु भयो ।

छलफलमा प्रधानमन्त्रीसहित उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री बर्षमान पुन, कानुन न्याय तथा संसदीय मामीलामन्त्री पदम गिरि, मुख्यसचिव बैकुण्ठ अर्याल, गृह, कानुन, भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिवलगायतका सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

वि.सं.२०८१ जेठ २४ बिहीवार १८:१६ मा प्रकाशित

You can share this post!

संसद् भवनमा ड्रोन खसालेको आरोपमा पाँच जना नियन्त्रणमा   

संसद् भवनमा ड्रोन खसालेको आरोपमा पाँच जना नियन्त्रणमा   

वि.सं.२०८२ असार २६ बिहीवार २१:०८

काठमाडौँ :  सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले पाँच...

आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित   

आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित   

वि.सं.२०८२ असार २६ बिहीवार २१:०२

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयको आजको वार्षिक साधारणसभा बैठकले आर्थिक वर्ष...

हिम स्टार ऊर्जाको आइपीओमा कति पर्यो आवेदन ?

हिम स्टार ऊर्जाको आइपीओमा कति पर्यो आवेदन ?

वि.सं.२०८२ असार २६ बिहीवार १८:१३

काठमाडौं । हिम स्टार ऊर्जा कम्पनीको आइपीओमा एक अर्ब ३४...

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह   

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह   

वि.सं.२०८२ असार २६ बिहीवार १८:०२

ललितपुर :  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल)को...

अब सबै संघीय अस्पतालले मेडिकल उपकरणको अडिट अनिवार्य गर्नुपर्ने

अब सबै संघीय अस्पतालले मेडिकल उपकरणको अडिट अनिवार्य गर्नुपर्ने

वि.सं.२०८२ असार २६ बिहीवार १७:४९

काठमाडौंः अब सबै संघीय अस्पतालले आफ्ना उपकरणको अवस्थाबारे अडिट गरेर...

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्रवेश

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्रवेश

वि.सं.२०८२ असार २६ बिहीवार १७:४५

काठमाडौं : भारतको प्रमुख एफएमसीजी समूह र मल्टी-बिजनेस कर्पोरेसन धर्मपाल सत्यपाल...