back
Kumari Bank

दुर्गा प्रसाईको बीएण्डसीलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको परमादेश   

Nepal Bank

काठमाडौँ : सर्वोच्च अदालतले बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिलाई १५ दिनभित्र सम्बन्धन दिन परमादेश जारी गरेको छ ।

न्यायाधीशद्वय कुमार चुँडाल र सारङ्गा सुवेदीको संयुक्त इजलासले गत चैत १२ गते गरेको फैसलाको आज पूर्णपाठ सार्वजनिक गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईद्वारा सञ्चालित उक्त अस्पताललाई सम्बन्धन दिन काठमाडौँ विश्वविद्यालय धुलिखेल काभ्रेपलाञ्चोक, चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुरलगायतका नाममा परमादेशको जारी गरेको हो ।

फैसलामा भनिएको छ, “प्रक्रियाअन्तर्गत गठित निरीक्षण टोलीले औल्याएका मापदण्डअनुसारका जनशक्तिको व्यवस्थापन साथै सो निरीक्षण टोलीले तोकेका कार्यहरु पूरा गर्न लगाई पन्ध्र दिनभित्र यस वर्षको शैक्षिक सत्र सुरु हुनु अगावै एमबीबीएस विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन दिनु दिलाउनु ।”

मेडिकल व्यवसायी प्रसाईँले आफू सञ्चालक रहेको बीएन्डसी मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाउँदै विसं २०७७ असार २१ र विसं २०७७ असोज ३० गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

वि.सं.२०८१ जेठ २५ शुक्रवार ०६:३४ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित   

राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित   

वि.सं.२०८२ असार २० शुक्रवार १६:४१

काठमाडौँ : राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भएका छन्...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार २० शुक्रवार १६:२७

काठमाडौं । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

नेपालले मात्रै चाहेर पनि भारु ५०० देखि माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल   

नेपालले मात्रै चाहेर पनि भारु ५०० देखि माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल   

वि.सं.२०८२ असार २० शुक्रवार १६:०४

काठमाडौँ : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले मात्रै चाहेर...

साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने   

साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने   

वि.सं.२०८२ असार २० शुक्रवार १५:५९

काठमाडौँ : आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने कर्मचारीलाई...

एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपेप्लस अन्तरदेशीय भुक्तानी सम्झौता

एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपेप्लस अन्तरदेशीय भुक्तानी सम्झौता

वि.सं.२०८२ असार २० शुक्रवार १५:३८

काठमाडौं : एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड...

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै   

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै   

वि.सं.२०८२ असार २० शुक्रवार ११:१३

गलकोट (बागलुङ) : जैमिनी नगरपालिकाले रु एक अर्बको कोष बनाउने...