back
NMB ad

नौ महिनामा विद्युत् प्राधिकरणले कमायो ११ अर्ब छ करोड नाफा

Kumari bank ad

काठमाडौँ, २५ जेठ : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/ ८१ को नौ महिनामा रु ११ अर्ब छ करोड बराबरको नाफा कमाएको छ । प्राधिकरणको चालु आवको चैत महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कूल रु ९३ अर्ब ९४ करोड आम्दानी गरेको छ ।

प्राधिकरणले सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम सार्वजनिक गरेको विवरणअनुसार विद्युत् खरिद, प्रशासनिक, आयोजनामा लगानीलगायतमा जम्मा रु ८२ अर्ब ८८ करोड खर्च भएको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिद तथा आयोजनामा हुने गरेको छ ।

प्राधिकरणले यसअवधिमा रु ११ अर्ब छ करोड नाफा (करकट्टी गर्नुअघि अपरिष्कृत) आर्जन गरेको हो । गत आर्थिक वर्ष २०७९/८० को सोही अवाधिमा प्राधिकरणको नाफा रु आठ अर्ब ८८ करोड थियो । गत आवको मुनाफा रु १३ अर्ब ३७ करोड थियो ।

प्राधिकरणको सञ्जित मुनाफा रु ३३ अर्ब ६४ करोड पुगेको छ । आव २०७२/७३ मा रु आठ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुबाट निरन्तर नाफामा छ । विद्युत् चुहावट नियन्त्रण, आन्तरिकरुपमा तथा भारतर्फको विद्युत् निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि, खर्च नियन्त्रणलगायतले गर्दा चालु आवको नौ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताउनुभयो ।

प्राधिकरणले चालु आवको नौ महिनामा विद्युत् बिक्रीबाट रु ६८ अर्ब ८९ करोड खुद सङ्कलन गरेको छ । यस अवधिमा देशभित्रका निजी क्षेत्रका ऊर्जा उत्पादकबाट र आफ्ना सहायक तथा सम्बद्ध कम्पनीबाट विद्युत्् खरिदका रु ३८ अर्ब २० करोड भुक्तानी गरिएको छ ।

यसअवधिमा हिउँदयामको माग धान्न रु ११ अर्ब ५५ करोडको विद्युत् भारतबाट आयात गरिएको छ । आन्तरिक रुपमा खपत गरी बढी भएको रु १३ अर्ब ४२ करोड बराबरको विद्युत् भारततर्फ निर्यात गरिएको प्राधिकरणले जनाएको छ ।

आफ्नो स्रोतबाट झण्डै १८ अर्ब खर्च    

प्राधिकरणले आफूले कमाएको नाफाबाट चालु आवको चैत महिनासम्ममा रु १७ अर्ब ८२ करोड विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाको लगानी गरेको छ । यसअवधिमा सरकारले विभिन्न आयोजना र ग्रामीण विद्युतीकरणका लागि प्राधिकरणलाई रु एक अर्ब ६३ करोड ऋण दिएको छ ।

सरकारले दिएको ऋण र आफ्नो स्रोतबाट यस अवधिमा रु १९ अर्ब ४५ करोड विकास बजेट खर्च भएको छ । यसअवधिमा वैदेशिक सहायतातर्फबाट रु १४ अर्ब ४३ करोड खर्च भएको छ ।

सरकारको बजेट सीमितताका कारण सरकारबाट लगानीका लागि पर्याप्त रकम पाउन सकिरहेका छैनौँ, यस्तो जटिल अवस्थामा संस्थाले कमाएको नाफाबाट विद्युत्् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरण, विद्युतीकरणतर्फका आयोजनामा प्राधिकरणले हरेक वर्ष अर्बौं रुपैयाँ लगानी गरिरहेको छ ।

वि.सं.२०८१ जेठ २५ शुक्रवार १२:४० मा प्रकाशित

You can share this post!

दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी, कम्तीमा २० मृत शरीर निकालिएको सरकारी अधिकारीद्वारा पुष्टि   

दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी, कम्तीमा २० मृत शरीर निकालिएको सरकारी अधिकारीद्वारा पुष्टि   

वि.सं.२०८१ असार १० सोमवार १७:००

सियोल, १० असार : दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी...

एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरुलाई ३५ प्रतिशतसम्म छुट दिने

एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरुलाई ३५ प्रतिशतसम्म छुट दिने

वि.सं.२०८१ असार १० सोमवार १६:५४

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

६.९९ प्रतिशतमा नै हुन्डाई भेन्यू खरिद गर्न सकिने, अन्य के-के छन् सुविधा ?

६.९९ प्रतिशतमा नै हुन्डाई भेन्यू खरिद गर्न सकिने, अन्य के-के छन् सुविधा ?

वि.सं.२०८१ असार १० सोमवार १६:४४

काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो...

गरिमा विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका वस्तु तथा सेवामा विशेष छुट

गरिमा विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका वस्तु तथा सेवामा विशेष छुट

वि.सं.२०८१ असार १० सोमवार १६:३६

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न व्यवसायिक संस्थाका...

एमसिसी कम्प्याक्ट कार्यान्वयनको पहिलो वर्ष ७० प्रतिशत बजेट सरेन्डर

एमसिसी कम्प्याक्ट कार्यान्वयनको पहिलो वर्ष ७० प्रतिशत बजेट सरेन्डर

वि.सं.२०८१ असार १० सोमवार १६:२३

हेमन्त जोशी काठमाडौँ, १० असार : मिलेनियम च्यालेञ्ज कर्पाेरेसनअन्तर्गतका परियोजना...

सेयर बजारमा सामान्य सुधार आउँदा दुई  कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा सामान्य सुधार आउँदा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ असार १० सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...