back
NMB Ad

मुद्रास्फितिको जोखिम कायमै रहेको भन्दै आरविआईद्वारा ब्याजदर यथावत रहने जानकारी   

मुम्बई, २५ जेठ : भारतीय केन्द्रीय बैङ्क ( आरविआई)ले विश्वको पाँचौं ठूलो अर्थतन्त्रमा मुद्रास्फितिको जोखिम कायमै रहेकाले शुक्रबार लगातार आठौं पटक ब्याजदरमा कुनै परिवर्तन गरेको छैन ।

भारतीय रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले आफ्नो महत्त्वपूर्ण रिपो रेट ६.५० प्रतिशतमा स्थिर रहने बताएको छ ।

युरोपेली केन्द्रीय बैङ्कसहित दुई प्रमुख केन्द्रीय बैङ्कले सन् २०१९ पछि पहिलो पटक ब्याजदर कटौती गरेका छन् ।

भारतमा मुद्रास्फीति सन् २०२२ को ७.८ प्रतिशतको उच्च बिन्दुबाट खुम्चिएको छ तर अझै पनि आरबीआईको चार प्रतिशतको लक्ष्यभन्दा माथि छ ।

भारतीय रिजर्भ बैङ्कका गभर्नर शक्तिकान्त दासले विशेषगरी खाद्य वस्तुको मूल्य वृद्धिका कारण हुने कुनै पनि जोखिमप्रति बैङ्क सचेत रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले लोकसभा चुनावमा पूर्ण बहुमत हाँसिल नगरेपछि सरकार सञ्चालनका लागि गठबन्धन साझेदारहरूमा निर्भर हुन बाध्य भएको केही दिनपछि यो निर्णय आएको हो ।

विज्ञहरूका अनुसार यसले मोदीको अर्को प्रशासनलाई आफ्नो समर्थन आधार बढाउन र सहयोगीहरूलाई शान्त पार्न पपुलिस्ट खर्चको सहारा लिन बाध्य पार्न सक्छ ।

वि.सं.२०८१ जेठ २५ शुक्रवार १३:२९ मा प्रकाशित

You can share this post!

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल प्रस्ताव स्वीकृत   

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल प्रस्ताव स्वीकृत   

वि.सं.२०८१ चैत ७ बिहीवार १७:५६

काठमाडौँ : ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक,...

भोली प्रदेशभर सार्वजनिक विदा

भोली प्रदेशभर सार्वजनिक विदा

वि.सं.२०८१ चैत ७ बिहीवार १७:५२

डोटी । सुदूरपश्चिम प्रदेशमा भोली चैत्र ८ गते सार्वजनिक विदा...

सुयोग श्रेष्ठ पुनः डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्ष निर्वाचित

सुयोग श्रेष्ठ पुनः डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्ष निर्वाचित

वि.सं.२०८१ चैत ७ बिहीवार १७:४६

काठमाडौं । विकास बैंकहरूको छाता संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल...

महिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्न

महिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८१ चैत ७ बिहीवार १७:३१

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आज सातौं बार्षिक...

लोकतान्त्रिक गणतन्त्रका पक्षमा एमालेद्वारा जनसचेतना, जनप्रदर्शन र विशेष सभा घोषणा

लोकतान्त्रिक गणतन्त्रका पक्षमा एमालेद्वारा जनसचेतना, जनप्रदर्शन र विशेष सभा घोषणा

वि.सं.२०८१ चैत ७ बिहीवार १७:२७

काठमाडौं । नेकपा (एमाले) ले मुलुकमा भइरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनसचेतना...

उद्योगमा १२ घण्टासम्म लोडसेडिङ्ग, नेपाल उद्योग परिसंघको आपत्ति

उद्योगमा १२ घण्टासम्म लोडसेडिङ्ग, नेपाल उद्योग परिसंघको आपत्ति

वि.सं.२०८१ चैत ७ बिहीवार १७:१८

काठमाडौं । नेपाल उद्योग परिसंघले उद्योग क्षेत्रमा भइरहेको लोडसेडिङ्गप्रति गम्भीर...