back
NMB Ad

चिनियाँ पर्यटक बढ्ने होटल व्यवसायीको अनुमान   

काठमाडौँ, २५ जेठ : होटल सङ्घ नेपालले आगामी दिनमा चिनियाँ पर्यटकको आगमन बढ्ने अनुमान गरेको छ । सङ्घले हालै चीनमा पर्यटन प्रवर्द्धन कार्यक्रम गरेको थियो । सो कार्यक्रम पश्चात चिनियाँ पर्यटकको सङ्ख्या दोब्बर हुन सक्ने सङ्घले अनुमान गरेको हो ।

सङ्घका अध्यक्ष विनायक शाहले पछिल्लो समय चीनमा भइरहेका प्रवर्द्धनात्मक कार्यक्रमले आगामी दिनमा चिनियाँ पर्यटक बढ्ने विश्वास व्यक्त गर्नुभयो । “चीनका विभिन्न सहरमा आयोजित नेपाल प्रवर्द्धनमा सहभागी चिनियाँ टुर अप्रेटर, पर्यटन व्यवसायीहरुको चासो र अग्रिम बुकिङ हेर्दा आगामी दिनमा चिनियाँ पर्यटक बढ्ने अनुमान गर्न सकिन्छ”, अध्यक्ष शाहले भन्नुभयो । प्रवर्द्धन कार्यक्रमका दौरानमा नेपालको पर्यटन प्रवर्द्धनार्थ महत्वपूर्ण दुई पक्षीय सम्झौता पनि भएकाले चिनियाँ पर्यटकको आकर्षण बढ्ने उहाँको विश्वास छ । चीनमा नेपाल प्रवर्द्धन गरेर फर्किएको सङ्घले चिनियाँ पर्यटक बढोत्तरीका लागि हवाई र सडक यातायात सेवा थप गर्न आवश्यक रहेको उल्लेख गरेको छ ।

चीनस्थित नेपाली राजदूतावास, छेन्दुस्थित नेपाली महावाणिज्यदूतको कार्यालय र नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजित उक्त कार्यक्रममा नेपालबाट चीन भ्रमणमा गएका ७५ सदस्यीय नेपाली होटल प्रतिनिधिमण्डल र सयभन्दा बढी चिनियाँ पर्यटन व्यवसायीबीच बेइजिङ र छेन्दुमा छुट्टाछुट्टै कार्यक्रम भएको सङ्घले विज्ञप्तिमार्फत जनाएको छ ।

चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ र छेन्दुस्थित महावाणिज्यदूत सुरेश राउतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमहरुमा नेपाल पर्यटन बोर्डले प्रस्तुतीकरण गरेको थियो । नेपाली प्रतिनिधिमण्डल र चिनियाँ पर्यटन व्यवसायीबीच ‘बीटुबी’ बैठक सम्पन्न भएको थियो । सन् २०२५ लाई भ्रमण वर्षको रुपमा मनाउने सन्दर्भमा सरकारले छिमेकी मुलुक चीनबाट पर्यटन प्रवद्र्धन गराउने कार्यक्रमलाई प्राथमिकता दिएको छ । चिनियाँ पर्यटकलाई लक्षित गरी सरकारले लुम्बिनीलाई ‘बर्थिंग हब’ र ‘डेस्टिनेसन वेडिङ’ को रुपमा प्रवर्द्धन गर्ने जनाएको छ । यही जेठ १९ गते चीन पुगेको होटल सङ्घ नेपालका सातै प्रदेशका ७५ सदस्यीय व्यापार प्रतिनिधिमण्डल आज स्वदेश फर्किएका छन् ।

वि.सं.२०८१ जेठ २५ शुक्रवार २०:०६ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
घटेको बजारमा तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट

घटेको बजारमा तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ फागुन २५ आइतवार १५:१६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

हिमालयन रिइन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

हिमालयन रिइन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ फागुन २५ आइतवार १५:११

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट

सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट

वि.सं.२०८१ फागुन २५ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

आईजिआइ प्रुडेन्सियल इन्स्योरेन्सको २७औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

आईजिआइ प्रुडेन्सियल इन्स्योरेन्सको २७औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

वि.सं.२०८१ फागुन २५ आइतवार १४:५३

काठमाडौं । आईजिआइ प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २७औं वार्षिक साधारण सभा...

तीन करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह

तीन करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह

वि.सं.२०८१ फागुन २५ आइतवार १४:३२

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३...

सामसङले ल्यायो नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर, गर्मीको लागि स्मार्ट र स्टाइलिस च्वाइस

सामसङले ल्यायो नयाँ बिस्पोक एआई रेफ्रिजेरेटर, गर्मीको लागि स्मार्ट र स्टाइलिस च्वाइस

वि.सं.२०८१ फागुन २५ आइतवार १४:१६

काठमाडौं । सामसङ नेपालले गर्मी मौसमलाई ध्यानमा राख्दै आफ्नो नयाँ,...