back
NMB Ad

प्रधानमन्त्री दाहाल भारत प्रस्थान   

Royal Enfield Inside Page Banner

काठमाडौँ, २७ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ प्रधानमन्त्रीका रुपमा शपथग्रहण गर्नुहुने समारोहमा सहभागी हुन नयाँदिल्ली प्रस्थान गर्नुभएको छ ।

प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय रघुवीर महासेठ र नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतले बिदाइ गर्नुभएको थियो । उहाँको बिदाइमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

प्रधानमन्त्री दाहालका साथमा उहाँकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि हुनुहुन्छ ।

तेस्रो कार्यकालका लागि भारतीय जनता पार्टीका नेता मोदीले भारतको प्रधानमन्त्री पदको आज साँझ शपथ लिनुहुने कार्यक्रम छ । सो शपथ समारोहपछि प्रधानमन्त्री दाहाल र उहाँका समकक्षी मोदीबीच आज साँझ भेटवार्ता हुने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

वि.सं.२०८१ जेठ २७ आइतवार १४:०७ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ माघ ९ बुधवार १५:१२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य हरियाली...

सेयर बजारमा हरियाली, कारोबार रकम बढ्दा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली, कारोबार रकम बढ्दा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ माघ ९ बुधवार १५:०५

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य हरियाली...

मुनाफा आर्जनलाई निरन्तरता दिँदै राष्ट्रिय वाणिज्य बैंक, पुँजी कोष ५२ अर्ब ४  करोड   

मुनाफा आर्जनलाई निरन्तरता दिँदै राष्ट्रिय वाणिज्य बैंक, पुँजी कोष ५२ अर्ब ४ करोड   

वि.सं.२०८१ माघ ९ बुधवार १४:३७

काठमाडौँ : राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षदेखि कृषि क्षेत्रमा...

कालीगण्डकी कोरिडोर : मार्फाखोलामा मोटरेबल पुल निर्माण   

कालीगण्डकी कोरिडोर : मार्फाखोलामा मोटरेबल पुल निर्माण   

वि.सं.२०८१ माघ ९ बुधवार १४:२४

म्याग्दी : चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको...

विश्वकप महिला क्रिकेटः अष्ट्रेलियाले दियो एक सय ४० रनको चुनौती   

विश्वकप महिला क्रिकेटः अष्ट्रेलियाले दियो एक सय ४० रनको चुनौती   

वि.सं.२०८१ माघ ९ बुधवार १४:१६

काठमाडौँ : आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाले नेपाललाई...

पाथीभरामा साउनदेखि पुससम्म एक करोड ३० लाख भेटी सङ्कलन   

पाथीभरामा साउनदेखि पुससम्म एक करोड ३० लाख भेटी सङ्कलन   

वि.सं.२०८१ माघ ९ बुधवार १३:२३

ताप्लेजुङ : यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा साउनदेखि पुस मसान्तसम्मको अवधिमा...