back
NMB ad

प्रधानमन्त्री दाहाल नयाँदिल्लीमा   

Kumari bank ad

काठमाडौँ, २७ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पदको शपथग्रहण गर्नुहुने समारोहमा सहभागी हुने सिलसिलामा आज अपराह्न भारतको राजधानी नयाँदिल्ली पुग्नुभएको छ ।

प्रधानमन्त्री दाहाललाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सरकारका विशेष प्रतिनिधिले स्वागत गर्नुभएको त्यहाँस्थित विदेश मन्त्रालयले जनाएको छ । तेस्रो कार्यकालका लागि भारतीय जनता पार्टीका नेता मोदीले आज साँझ भारतको प्रधानमन्त्री पदको शपथ लिनुहुने कार्यक्रम छ । सो शपथ समारोहपछि प्रधानमन्त्री दाहाल र उहाँका समकक्षी मोदीबीच आजै साँझ भेटवार्ता हुने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

प्रधानमन्त्री दाहालका साथमा उहाँकी स्वकीय सचिव गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि हुनुहुन्छ । प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

वि.सं.२०८१ जेठ २७ आइतवार १६:२९ मा प्रकाशित

You can share this post!

अमेरिकी राष्ट्रपति बाइडेनले राष्ट्रवासीका नाममा सम्बोधन गर्ने 

अमेरिकी राष्ट्रपति बाइडेनले राष्ट्रवासीका नाममा सम्बोधन गर्ने 

वि.सं.२०८१ साउन ९ बुधवार १३:१६

वासिङ्टन, ९ साउन : अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार देशबासीका...

सौर्य एयर जहाज दुर्घटनाः १८ यात्रुको निधन

सौर्य एयर जहाज दुर्घटनाः १८ यात्रुको निधन

वि.सं.२०८१ साउन ९ बुधवार १२:४०

काठमाडौँ, ९ साउनः काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९...

एक वर्षमा पाथीभरामा करिब चार करोड भेटी सङ्कलन   

एक वर्षमा पाथीभरामा करिब चार करोड भेटी सङ्कलन   

वि.सं.२०८१ साउन ९ बुधवार १२:२५

फुङ्लिङ (ताप्लेजुङ), ९ साउनः यहाँ रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एक...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान बन्द

वि.सं.२०८१ साउन ९ बुधवार १२:१९

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...

१९ जना यात्रु लिएर पोखरा उड्दै थियो सौर्यको जहाज

१९ जना यात्रु लिएर पोखरा उड्दै थियो सौर्यको जहाज

वि.सं.२०८१ साउन ९ बुधवार १२:०६

काठमाडौँ, ९ साउनः काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना

वि.सं.२०८१ साउन ९ बुधवार ११:३२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना भएको...