काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) धादिङ -काठमाडौं सम्पर्क मञ्चले हाइकिङ कार्यक्रम सम्पन्न गरेको छ । आन्तरिक पर्यटन प्रवद्र्धनको लागि हाइकिङ कार्यक्रम अन्र्तगत यही जेठ २६ गते शनिबारका दिन भिमढुङ्गा, भञ्ज्याङपोरी, दमदमे, कत्रे, चिलाउने गाउँ, स्वानागाउँ, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज हुँदै मुड्खुभन्ज्याङ निस्केर बाइपाससम्मको हाइकिङ कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा ५७ जना सहभागी भएका थिए ।
हाइकिङ कार्यक्रममा सहभागीहरु काठमाडौको सितापाइलामा भिमढुङ्गामा पुगेको थिए । भिमढुङ्गाबाट सुरु गरिएको पदयात्रामा बालाजु बाइपाससम्म २६ किलोमिटर हाइकिङ गरेका थिए ।
राजनीतिक क्रियाकलाप सँगै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहँदै आएको सम्पर्क मञ्चले विभिन्न अवसरमा रचनात्मक क्रियाकलाप आयोजना गर्दै आएको छ।
काठमाडौंको कोलाहालपूर्ण वातावरणबाट एक दिन भएपनि मुक्ति पाउन हाइकिङ कार्यक्रम आयोजना गरिएको हाइकिङ कार्यक्रमको संयोजक तथा धादिङ काठमाडौ सम्पर्क मञ्चका सचिव नारायणप्रसाद आचार्यले बताए । उनले भने- मञ्चले गर्ने यस्ता कार्यक्रमले संगठनलाई थप चलायमान गर्न सहयोग गर्छ, नयाँँ पर्यटकीय गन्तव्यबारे थाहा पाइन्छ ।
हाइकिङ कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने र सहभागी सबैजनालाई एकमुष्ठमा धन्यवाद दिंदै संयोजक आचार्यले सम्पर्क मञ्चले आगामी दिनमा पनि अझै रचनात्मक कार्यक्रमहरु गर्दै जाने बताए ।
नियमित गतिविधि अन्तर्गत नै हाइकिङ कार्यक्रम आयोजना गरिएको मञ्चका अध्यक्ष कमल थापा मगरले बताएका छन्। सम्पर्क मञ्चले अघिल्लो हप्ता जेठ १९ गते शनिवार रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
वि.सं.२०८१ जेठ २८ सोमवार १२:२३ मा प्रकाशित