back
NMB ad

भारतीय समकक्षी मोदीको नेतृत्वमा नेपाल भारत सम्बन्ध समृद्ध हुने प्रधानमन्त्री प्रचण्डको विश्वास व्यक्त   

Kumari bank ad

नयाँदिल्ली, २८ जेठ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी भएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले नयाँ दिल्ली र भारतबीचको द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’लाई आइतबार राजधानी दिल्लीको राष्ट्रपति भवनमा आयोजना गरिएको भारतीय प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा आमन्त्रित गरिएको थियो ।

सपथग्रहणपछि भएको भेटपछि सामाजिक सञ्जाल एक्समा सन्देश जारी गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भारतीय समकक्षी मोदीलाई भेटी बधाई दिएको बताउनुभएको छ । सन्देशमा उहाँले दुई देशबीचको लामो समयदेखिको मित्रता थप सुद्दृढ हुनेमा आफु आशावादी रहेको बताउनुभएको छ ।

“श्री नरेन्द्र मोदीजीसँग भेट भएको छ । भारतको प्रधानमन्त्रीका रुपमा लगातार तेस्रो कार्यकालको सपथ लिएपछि उहाँलाई नयाँ कार्यकालका लागि बधाई ज्ञापन गर्दछु,। ”

प्रधानमन्त्री ‘प्रचण्ड’ले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “भारत र नेपालबीचको बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउने रणनीतिमा केन्द्रित रहेर छलफल भएको छ । हामीले नेपाल–भारत सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल ग¥यौँ ।

उहाँकै नेतृत्वमा भारतसँगको हाम्रो बहुआयामिक सम्बन्ध समृद्ध हुनेछ भन्नेमा म विश्वस्त छु ।”

भारतको राष्ट्रपति भवनमा आइतबार भएको सपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री विशिष्ट अतिथिमध्ये एक हुनुहुन्थ्यो ।

मोदीको सपथ ग्रहण समारोहमा श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, मौरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथ, सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनालगायत विदेशी नेता सहभागी भएका थिए ।

वि.सं.२०८१ जेठ २८ सोमवार १३:४८ मा प्रकाशित

You can share this post!

दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी, कम्तीमा २० मृत शरीर निकालिएको सरकारी अधिकारीद्वारा पुष्टि   

दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी, कम्तीमा २० मृत शरीर निकालिएको सरकारी अधिकारीद्वारा पुष्टि   

वि.सं.२०८१ असार १० सोमवार १७:००

सियोल, १० असार : दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी...

एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरुलाई ३५ प्रतिशतसम्म छुट दिने

एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरुलाई ३५ प्रतिशतसम्म छुट दिने

वि.सं.२०८१ असार १० सोमवार १६:५४

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

६.९९ प्रतिशतमा नै हुन्डाई भेन्यू खरिद गर्न सकिने, अन्य के-के छन् सुविधा ?

६.९९ प्रतिशतमा नै हुन्डाई भेन्यू खरिद गर्न सकिने, अन्य के-के छन् सुविधा ?

वि.सं.२०८१ असार १० सोमवार १६:४४

काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो...

गरिमा विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका वस्तु तथा सेवामा विशेष छुट

गरिमा विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका वस्तु तथा सेवामा विशेष छुट

वि.सं.२०८१ असार १० सोमवार १६:३६

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न व्यवसायिक संस्थाका...

एमसिसी कम्प्याक्ट कार्यान्वयनको पहिलो वर्ष ७० प्रतिशत बजेट सरेन्डर

एमसिसी कम्प्याक्ट कार्यान्वयनको पहिलो वर्ष ७० प्रतिशत बजेट सरेन्डर

वि.सं.२०८१ असार १० सोमवार १६:२३

हेमन्त जोशी काठमाडौँ, १० असार : मिलेनियम च्यालेञ्ज कर्पाेरेसनअन्तर्गतका परियोजना...

सेयर बजारमा सामान्य सुधार आउँदा दुई  कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा सामान्य सुधार आउँदा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ असार १० सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...