
काठमाडौं । प्रहरीले सेञ्चुरी कमर्शियल बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठ सहित ८ जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार अध्यक्ष श्रेष्ठसँगै सुनिलकुमार न्यौपाने, प्रा.डा गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाललाई पक्राउ गरेको हो ।
कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यसअघि पनि सीआइबीले कर्जा प्रवाहको विषयमा २०८० फागुन १५ गते १० जना बैंक कर्मचारीलाई पक्राउ गरेको थियो। उनीहरु हाजिरी जमानीमा छुटेका थिए ।
वि.सं.२०८१ जेठ २८ सोमवार १६:४१ मा प्रकाशित