back
Kumari Bank

गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित १४ जनाविरुद्ध मुद्दा दायर   

Nepal Bank

काठमाडौँ, २८ जेठः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहा नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्वमोहनप्रसाद यादव, उपाध्यक्ष शोभाकुमारी यादव, प्रमुख प्रशासकीय अधिकृतसमेत १४ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मधेस प्रदेश सरकारको सांसद् अनुदानबाट रामजाकी दलित आधारभूत विद्यालय मझौरामा अधुरो काम पूरा गर्नका लागि दिएको रकमबाट कुनै पनि काम नगरी हिनामिना गरेको पाइएकाले उनीहरु विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

आयोगले तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कूसियत, लेखापाल सोमप्रसाद आचार्य, इञ्जिनियर कृष्णा साह र सव–इञ्जिनियर सन्तोषकुमार यादवविरुद्ध रु १४ लाख ५१ हजार पाँच सय ५१ बराबरको बिगो दाबी गरेको छ ।

उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण मुखिया, कोषाध्यक्ष घुरनीदेवी मण्डल र सचिव रामभरोस मुखिया मलाहविरुद्ध पनि समान बिगो दाबी गरिएको छ । आयोगले गाउँपालिकाका तत्कालीन योजना शाखा प्रमुख रमेशकुमार निधि, तत्कालीन जिन्सी प्रमुख सञ्जयप्रसाद यादव, वडा नं ४ का वडा तत्कालीन अध्यक्ष मदन यादव, वडा नं ५ का तत्कालीन अध्यक्ष मनोजकुमार यादव र वडा नं २ का तत्कालीन अध्यक्ष खुसीलाल साहविरुद्ध पनि समान बिगो, कैद र जरिवाना समेत माग गरी मुद्दा दायर गरेको छ ।

वि.सं.२०८१ जेठ २८ सोमवार १७:३२ मा प्रकाशित

You can share this post!

फेरि बढ्यो अन्डाको भाउ, प्रतिक्रेट कति ?

फेरि बढ्यो अन्डाको भाउ, प्रतिक्रेट कति ?

वि.सं.२०८२ असार १९ बिहीवार १८:२६

काठमाडौँ । १० दिनअघि मात्रै मूल्य समायोजन गरिएको अन्डाको भाउ...

बन्दिपुर केबलकारले ५८ लाख ६० हजार कित्ता आईपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

बन्दिपुर केबलकारले ५८ लाख ६० हजार कित्ता आईपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

वि.सं.२०८२ असार १९ बिहीवार १८:०९

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बन्दिपुर केबल कार एण्ड टुरिजम...

विकास हाइड्रोपावरको आइपीओमा १ अर्ब ३७ करोड बराबरका आवेदन, यस्तो छ अपडेट

विकास हाइड्रोपावरको आइपीओमा १ अर्ब ३७ करोड बराबरका आवेदन, यस्तो छ अपडेट

वि.सं.२०८२ असार १९ बिहीवार १८:०१

काठमाडौं । विकास हाइड्रोपावरको आइपीओमा १ अर्ब ३७ करोड ९...

नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न

नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न

वि.सं.२०८२ असार १९ बिहीवार १७:५३

काठमाडौँ :नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी नाडा अटो शो २०२५...

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु   

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु   

वि.सं.२०८२ असार १९ बिहीवार १७:३९

काठमाडौँ : मुलुकको हवाई क्षेत्रलाई व्यवस्थित, सुरक्षित र भरपर्दो तुल्याउन...

यसकारण सडक मार्गबाटै ल्याइयो हेलिकप्टर   

यसकारण सडक मार्गबाटै ल्याइयो हेलिकप्टर   

वि.सं.२०८२ असार १९ बिहीवार १७:२५

काठमाडौँ :  माउन्टेन हेलिकप्टर प्रालिले तातोपानी नाकाहुँदै हेलिकप्टर ल्याएको छ...