back
NMB ad

२० अर्ब ४० करोड बराबरको बोनस शेयर नेप्सेमा सूचिकृत

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८१ बैशाख मसान्तमा सूचीकृत ८ अर्ब २८ करोड शेयरको चुक्ता मूल्य रु.८२० अर्ब ९३ करोड रहेको छ । आर्थिक वर्ष २०८०/८१ को दश महिनामा रु.८४ अर्ब ९९ करोड बराबरको साधारण शेयर, रु.२० अर्ब ४० करोड बराबरको बोनस शेयर, रु.२० अर्ब १ करोड बराबरको हकप्रद शेयर, र रु.३ करोड बराबरको एफपीओ गरी कुल रु.१२५ अर्ब ४४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

२०८० बैशाख मसान्तमा १८२१.६५ रहेको नेप्से सूचकाङ्क २०८१ बैशाख मसान्तमा १९९८.८९ कायम भएको छ । २०८१ बैशाख मसान्तमा धितोपत्र बजार पुँजीकरण रु.३१६९ अर्ब ४८ करोड कायम भएको छ । २०८० बैशाख मसान्तमा बजार पुँजीकरण रु.२६५७ अर्ब ७६ करोड रहेको थियो ।

२०८१ बैशाख मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७२ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०८० बैशाखमा सूचीकृत कम्पनीहरूको संख्या २५३ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५८.४ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १४.४ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.३ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.८ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.८ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.९ अर्ब ८० करोड बराबरको साधारण शेयर, रु.६ अर्ब २ करोड बराबरको डिबेन्चर, रु.५ अर्ब ४६ करोड बराबरको हकप्रद शेयर र रु.३ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.२४ अर्ब ७८ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

वि.सं.२०८१ जेठ २८ सोमवार १८:१५ मा प्रकाशित

You can share this post!

कोशी प्रदेश मन्त्रिपरिषद्द्वारा प्रदेश निजामती सेवा नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय   

कोशी प्रदेश मन्त्रिपरिषद्द्वारा प्रदेश निजामती सेवा नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय   

वि.सं.२०८१ साउन ९ बुधवार २१:२७

विराटनगर, ९ साउन : कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती...

विमान दुर्घटनामा घाइते भएका क्याप्टेनको स्वास्थ्यावस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

विमान दुर्घटनामा घाइते भएका क्याप्टेनको स्वास्थ्यावस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

वि.सं.२०८१ साउन ९ बुधवार २१:१३

काठमाडौँ, ९ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्स...

द्रुतमार्गको सुरुङमा काम गर्नेक्रममा ढुङ्गा लागेर एक मजदुरको मृत्यु, एक घाइते   

द्रुतमार्गको सुरुङमा काम गर्नेक्रममा ढुङ्गा लागेर एक मजदुरको मृत्यु, एक घाइते   

वि.सं.२०८१ साउन ९ बुधवार २१:०४

हेटौँडा, ९ साउनः मकवानपुरको बकैयामा काठमाडौँ निजगढ द्रुतमार्गको सुरुङमा काम...

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन, राष्ट्रिय झण्डा आधा झुकाउने

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन, राष्ट्रिय झण्डा आधा झुकाउने

वि.सं.२०८१ साउन ९ बुधवार १८:३८

काठमाडौं । सरकारले आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन...

सौर्य एयरलाइन्स दुर्घटना : १८ जनाले गुमाए ज्यान (सूचिसहित)  

सौर्य एयरलाइन्स दुर्घटना : १८ जनाले गुमाए ज्यान (सूचिसहित)  

वि.सं.२०८१ साउन ९ बुधवार १८:२७

काठमाडौँ, १० साउन : सौर्य एयरलाइन्स दुर्घटना हुँदा १८ जनाले...

जुलाई २२ विश्वकै सबैभन्दा तातो दिनको रूपमा रेकर्ड   

जुलाई २२ विश्वकै सबैभन्दा तातो दिनको रूपमा रेकर्ड   

वि.सं.२०८१ साउन ९ बुधवार १७:५०

पेरिस, ९ साउन : युरोप, एसिया र उत्तर अमेरिकाका अधिकांश...