back
NMB ad

आईएमई लाइफ इन्स्योरेन्सको सातौँ वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

Kumari bank ad

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा जेठ २८ गते सोमबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको सभापतित्वमा काठमाण्डौंको नक्साल स्थित आम्रपाली ब्याङ्केटमा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित चुक्तापुँजी ४ अर्बको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनश शेयर र कर प्रयोजनको लागि समेत १.३१५८ प्रतिशतले हुन आउने ५ करोड २६ लाख ३१ हजार ५ सय ७९ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २६.३१५८ प्रतिशत लाभांश पारित गरेको छ।

सभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तिय विवरणहरु पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/०८० को ल्ँच्क् बमोजिमको वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूचि सहितको वित्तीय विवरण उपर छलफल गरी सर्वसम्म्तिबाट पारित गरेको छ ।

सभाले आ.व. २०८०/०८१ को लागि लेखापरिक्षण समितिबाट सिफारिस भई आए बमोजिम एस.ए.आर एशोसिएट्सलाई वाह्य लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक समेत पारित गरेको छ। सभामा सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको पदमा रबिन कुमार नेपाल निर्विरोध निर्वाचित भएका छन् ।

सभाले सञ्चालक समितिको बैठकमा उपस्थित भए वापत सञ्चालकले पाउने सञ्चालकले पाउने बैठक भत्ता तथा सेवा सुविधा पुनरावलोकनको प्रस्ताव समेत पारित गरेको छ।

बोनस शेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पूँजी ५ पाँच अर्व रुपैंया मात्र कायम हुने भई हाल कायम कम्पनीको पूँजी संरचना परिवर्तन हुने भएकोले कम्पनीको प्रबन्ध–पत्र तथा नियमावलीमा सोही बमोजिम संशोधन गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ। साथै, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलार्ई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

कम्पनीको मिति २०८०/०९/०४ गते बसेको सञ्चालक समितिको १८० औं बैठकले सञ्चालक समितिमा रिक्त रहेको संस्थापक शेयरधनी समूहमा बाँकी कार्यकालका लागि संस्थापक शेयरधनीहरुबाट सञ्चालकहरुको नियुक्ति गरेकोमा सो नियुक्ति अनुमोदन गरेको छ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १०५(१) (ग) बमोजिम कम्पनीको आर्थिक वर्ष २०७९/०८० मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु अनुमोदन गरेको छ ।

वि.सं.२०८१ जेठ २९ मंगलवार ०६:३५ मा प्रकाशित

You can share this post!

दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी, कम्तीमा २० मृत शरीर निकालिएको सरकारी अधिकारीद्वारा पुष्टि   

दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी, कम्तीमा २० मृत शरीर निकालिएको सरकारी अधिकारीद्वारा पुष्टि   

वि.सं.२०८१ असार १० सोमवार १७:००

सियोल, १० असार : दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी...

एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरुलाई ३५ प्रतिशतसम्म छुट दिने

एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरुलाई ३५ प्रतिशतसम्म छुट दिने

वि.सं.२०८१ असार १० सोमवार १६:५४

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

६.९९ प्रतिशतमा नै हुन्डाई भेन्यू खरिद गर्न सकिने, अन्य के-के छन् सुविधा ?

६.९९ प्रतिशतमा नै हुन्डाई भेन्यू खरिद गर्न सकिने, अन्य के-के छन् सुविधा ?

वि.सं.२०८१ असार १० सोमवार १६:४४

काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो...

गरिमा विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका वस्तु तथा सेवामा विशेष छुट

गरिमा विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका वस्तु तथा सेवामा विशेष छुट

वि.सं.२०८१ असार १० सोमवार १६:३६

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न व्यवसायिक संस्थाका...

एमसिसी कम्प्याक्ट कार्यान्वयनको पहिलो वर्ष ७० प्रतिशत बजेट सरेन्डर

एमसिसी कम्प्याक्ट कार्यान्वयनको पहिलो वर्ष ७० प्रतिशत बजेट सरेन्डर

वि.सं.२०८१ असार १० सोमवार १६:२३

हेमन्त जोशी काठमाडौँ, १० असार : मिलेनियम च्यालेञ्ज कर्पाेरेसनअन्तर्गतका परियोजना...

सेयर बजारमा सामान्य सुधार आउँदा दुई  कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा सामान्य सुधार आउँदा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ असार १० सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको...