back

मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन   

Nepal Bank

तनहुँ, २९ जेठ : तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट पूर्णक्षमतामा विद्युत् उत्पादन हुन थालेको छ । केन्द्र प्रमुख इञ्जिनीयर पशुपति गौतमले समयमा वर्षा भएकाले जेठको दोस्रो सातादेखि पूर्णक्षमतामा विद्युत् उत्पादन हुँदै आएको जानकारी दिनुभयो ।

केन्द्रमा रहेका तीनवटा युनिटबाट २३/२३ मेगावाटका दरले ६९ मेगावाट विद्युत् उत्पादन भइरहेको उहाँले बताउनुभयो । “सुख्खायाममा हिउँ कम पग्लने र नदीमा मिसिएका खोलाखोल्सी र झरनाको पानी कम हुँदा विद्युत् उत्पादन घटेर ३० मेगावाटसम्म पुग्ने गरेको छ । यसपटक समयमा वर्षा भएकाले हाल पूर्णक्षमतामा विद्युत् उत्पादन भएको हो”,उहाँले भन्नुभयो ।

मस्र्याङ्दी हिमालबाट बगेर आएको नदी भएकोले गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिँउ धेरै पग्लिने गरेकाले पानीको अभाव नभएको गौतमले बताउनुभयो । “वर्षा धेरै हुँदा यसका सहायक नदी, खोलामा पानीको बहाव बढेसँगै विद्युत् उत्पादन बढ्ने गर्दछ”, उहाँले भन्नुभयो,“सुख्यायाममा भने हिउँ कम पग्लने र नदीमा मिसिएका खोलाखोल्सी र झरनाको पानी कम हुने भएकोले पानीको बहाव थोरै हुँदा विद्युत् उत्पादन पनि घट्ने गरेको छ ।”

यस केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

वि.सं.२०८१ जेठ २९ मंगलवार १४:०७ मा प्रकाशित

You can share this post!

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो   

वि.सं.२०८२ असार ३ मंगलवार २१:२६

भरतपुर (चितवन) : पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः...

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश

वि.सं.२०८२ असार ३ मंगलवार १८:४९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र...

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

भारतद्वारा नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी   

वि.सं.२०८२ असार ३ मंगलवार १८:४२

नयाँदिल्ली :   भारतले मङ्गलबार आफ्ना नागरिकहरूलाई तेहरान छोड्न आग्रह गरेको...

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा २० प्रतिशत छुट

वि.सं.२०८२ असार ३ मंगलवार १८:२४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखराको लेकसाइडस्थित टिका...

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

संस्थापक सेयर विक्रि गर्दै प्रभु बैक र छिमेक लघुवित्त

वि.सं.२०८२ असार ३ मंगलवार १८:१६

काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था...

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

सुक्खाबन्दरगाहबाट ४५ अर्ब ६१ करोड राजस्व सङ्कलन   

वि.सं.२०८२ असार ३ मंगलवार १६:४१

वीरगञ्ज (पर्सा) : सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक...