काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । मंगलबार बजार ३३.१५ अंकले बढेर २११५ को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको आज ३११ कम्पनीको १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५५ करोड ५३ लाख ६१ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा रौनकता आउँदा सबै उपसूचकमा हरियाली छाएको छ ।
उक्त दिन सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३६ करोड ३० लाख ९२ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको माउन्टेन इनर्जी २३ करोड १७ लाख ७० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन ग्लोबल आइएमई लघुवित्तको १० करोड ८२ लाख ८६ हजार रुपैयाँ, जानकी फाइनान्सको १० करोड ६१ लाख १६ हजार रुपैयाँ र गुर्खाज फाइनान्सको ९ करोड ३१ लाख ४१ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८१ जेठ २९ मंगलवार १५:१३ मा प्रकाशित