back
NMB ad

मनसुन सुस्त गतिमा, देशभर फैलन अझै सात दिन लाग्ने   

Kumari bank ad

काठमाडौँ : नेपालमा मनसुन भित्रिएको एक साता बितिसक्दा पनि यो प्रणाली सुस्त गतिमा अगाडि बढिरहेको छ । मनसुनी प्रणाली सुस्त गतिमा रहेकाले देशभर फैलिन अझै एक साताभन्दा बढी समय लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार मनसुन अहिले कोशी प्रदेशको पूर्वी र उत्तरी भेगमा केन्द्रित छ । मनसुन फैलिएको क्षेत्र अर्थात् कोशी प्रदेशका सबैजसो जिल्लामा वर्षात् भइरहेको छ ।

मनसुन भित्रिएको लामो समय भइसके पनि यो निकै सुस्त गतिमा रहेकाले सङ्घीय राजधानी काठमाडौँ आइपुग्न अझै केही दिन लाग्ने मौसमविद् मानन्धरको भनाइ छ । “मनसुन कोशी प्रदेशको पूर्वतिर रहेको छ । यो पश्चिमतर्फ विस्तारका क्रममै छ तर निकै सुस्त गतिमा । काठमाडौँ आइपुग्न दुईदेखि तीन दिन र काठमाडौँ पुगेको पाँचदेखि सात दिनपछि मात्रै सुदूरपश्चिम क्षेत्रमा पुग्ने देखिएको छ”, मौसमविद् मानन्धरले भन्नुभयो । अघिल्लो वर्षको मनसुन पनि देशभर फैलिन करिब तीन हप्ता लागेको जानकारी दिँदै मानन्धरले यस वर्ष यही जुन १० तारिखका दिन मनसुन प्रवेश गरेको बताउनुभयो ।

महाशाखाका अनुसार गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले नयाँ प्रणालीको विकास भए पनि वर्षा प्रभावकारी हुन सकेको छैन । गण्डकीको पोखरा आसपास र सुदूरपश्चिमको दार्चुलामा मात्रै हल्का वर्षा भइरहेको छ । अहिले कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहेको छ । बागमती प्रदेशका एक÷दुई स्थानमा मात्रै हल्का वर्षा भएको छ । महाशाखाले सोमबार साँझ जारी गरेको बुलेटिनमा हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारत आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

वि.सं.२०८१ असार ४ मंगलवार ०६:०० मा प्रकाशित

You can share this post!

‘रेकर्ड ब्रेक’ वर्षापछि विस्थापित परिवार बादल देख्दा पनि त्रसिन्छन्   

‘रेकर्ड ब्रेक’ वर्षापछि विस्थापित परिवार बादल देख्दा पनि त्रसिन्छन्   

वि.सं.२०८१ साउन ९ बुधवार ०६:२४

राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर : वेदकोट नगरपालिका–७ शान्तिटोलकी ६५ वर्षीया शान्ती...

आजको मौसम : यी स्थानमा अधिक वर्षा हुने

आजको मौसम : यी स्थानमा अधिक वर्षा हुने

वि.सं.२०८१ साउन ९ बुधवार ०६:१५

काठमाडौँ, ९ साउनःहाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

अन्नपूर्ण न्युरो अस्पतालमा ‘रोबोटिक सर्जरी’ सुरू   

अन्नपूर्ण न्युरो अस्पतालमा ‘रोबोटिक सर्जरी’ सुरू   

वि.सं.२०८१ साउन ९ बुधवार ०६:०९

काठमाडौँ : माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालले ‘रोबोटिक सर्जरी’ सेवा सुरू...

नेपाल एसिया कपबाट बाहिरियो   

नेपाल एसिया कपबाट बाहिरियो   

वि.सं.२०८१ साउन ९ बुधवार ०६:०४

काठमाडौँ: एसिसी महिला एसिया कप २०२४ अन्तर्गत समूह चरणको अन्तिम...

आज ९ साउन २०८१ बुधवार, कस्तो छ राशिफल ?

आज ९ साउन २०८१ बुधवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ साउन ९ बुधवार ०५:५६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एम्बुलेन्समा रङ, साइरन र अन्य सङ्केतमा एकरूपता ल्याउन निर्देशन   

एम्बुलेन्समा रङ, साइरन र अन्य सङ्केतमा एकरूपता ल्याउन निर्देशन   

वि.सं.२०८१ साउन ८ मंगलवार १८:३०

काठमाडौँ, ८ साउन : सरकारले देशभरका एम्बुलेन्सको रङ, साइरन र...