back
NMB ad

चुरेबासीको माग सम्बोधन गर्न सांसदको आग्रह   

Kumari bank ad

काठमाडौँ, ४ असारः राष्ट्रियसभा सदस्यहरुले २७ दिनदेखि माइतीघर मण्डलामा आन्दोनरत चुरेवासीहरुको माग सम्बोधन गर्न सरकारलाई आग्रह गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उहाँहरुले मधेसवासीहरु चुरे बचाउः तथा खानेपानीको माग राख्दै धर्नामा बसिरहेको उल्लेख गर्दे उनीहरुको माग सम्बोधन गर्न सरकारको ध्यानकर्षण गराउनुभयो ।

सांसद आनन्दप्रसाद ढुङ्गानाले मधेसवासी पानीको माग गर्दै माइतीघर मण्डलामा धर्ना बसे पनि खानेपानीको विषयमा र चुरे दोहन नियन्त्रणका लागि सरकार गम्भीर नरहेकामा असन्तुष्टि जनाउनुभयो । “चुरे दोहनका कारण मधेसमा खानेपानीको अभाव भइरहेको, यसमा सरकारको ध्यान जाओस,” उहाँले भन्नुभयो ।

सांसद किरणबाबु श्रेष्ठले सरकारी कर्मचारीहरु न्यून तलबमा काम गरिरहेको उल्लेख गर्दै यस वर्ष पनि तलब नबढेकोमा असन्तुष्टि जनाउनुभयो । सांसद पदमबहादुर परियारले स्वास्थ्य बीमा कार्यक्रम सफल भए पनि तर बीमा गराउने कर्मचारीले प्रोत्साहन रकम पाउन नसकेको गुनासो गर्नुभयो । सांसद रुक्मिणी कोइराला ताप्लेजुङमा बाढीपहिरोको कारण मुत्यु भएका परिवारलाई आवश्यक राहत उपलब्ध गराउन माग गर्नुभयो ।

सांसद रेणु चन्दले कर्मचारीहरुलाई अतिरिक्त काम गरेबापत प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । सांसद विष्णुकुमारी सापकोटाले विगत १२ दिनदेखि छोरीको न्यायको खोजीमा अनशनरत रुवी खानको जीवनरक्षाको माग गर्नुभयो ।

वि.सं.२०८१ असार ४ मंगलवार १४:१७ मा प्रकाशित

You can share this post!

सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन, यस्तो छ पहिलो दिनको अपडेट

सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन, यस्तो छ पहिलो दिनको अपडेट

वि.सं.२०८१ साउन ५ शनिवार ०६:५७

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन...

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’   

क्रिकेटर लामिछानेको मुद्दाको पूर्णपाठ सार्वजनिक : ‘आधार र प्रमाण नपुग्दा सफाइ’   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:४४

काठमाडौँ : उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा...

काठमाडौँको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा   

काठमाडौँको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:३७

काठमाडौँ : नेपाली सेनाले काठमाडौँको सीतापाइलामा नयाँ पेट्रोल पम्प सञ्चालनमा...

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ   

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तातेड पक्राउ   

वि.सं.२०८१ साउन ५ शनिवार ०६:३२

राजविराज (सप्तरी) : प्रहरीले कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सञ्चालक...

आज ५ साउन २०८१ शनिवार, कस्तो छ राशिफल ?

आज ५ साउन २०८१ शनिवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ साउन ५ शनिवार ०६:२७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

बङ्गलादेशमा कुनै सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह   

बङ्गलादेशमा कुनै सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह   

वि.सं.२०८१ साउन ४ शुक्रवार १७:३९

काठमाडौँ, ४ साउनः नेपाल सरकारले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा तत्कालै...