back
NMB Ad

एघार महिनामा सात अर्ब राजस्व सङ्कलन   

अत्तरिया : कैलाली भन्सार कार्यालय धनगढीले ११ महिनामा रु सात अर्ब ३२ करोड १४ लाख राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले चालु आव २०८०/८१ को साउनदेखि जेठ मसान्तसम्म उक्त राजस्व सङ्कलन गरेको हो ।

कार्यालयले सो अवधिमा भन्सार महसुलतर्फ रु दुई अर्ब ७७ करोड ५८ लाख, मूल्य अभिवृद्धि करतर्फ रु दुई अर्ब ९५ करोड ५२ लाख, अन्तःशुल्कतर्फ रु १८ करोड ९५ लाख र अन्यतर्फ रु एक अर्ब ४० करोड आठ लाख राजस्व सङ्कलन भएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिनुभयो ।

चालु आवमा भन्सार कार्यालयको रु ११ अर्ब ५८ करोड २४ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा ११ महिनामा सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको ६३ दशमलव २१ प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो ।

सूचना अधिकारी खड्काका अनुसार चालु आवको साउनमा रु ४६ करोड ८२ लाख, भदौमा रु ५१ करोड ९३ लाख, असोजमा रु ६३ करोड १४ लाख, कात्तिकमा रु ६१ करोड ४६ लाख, मङ्सिरमा रु ७३ करोड ३४ लाख र पुसमा रु ६८ करोड ९० लाख राजस्व सङ्कलन भएको छ ।

त्यस्तै, माघमा रु ६६ करोड ६७ लाख, फागुनमा रु ६९ करोड एक लाख, चैतमा रु ७२ करोड १३ लाख, वैशाखमा रु ७५ करोड १७ लाख र जेठमा रु ८३ करोड ५३ लाख राजस्व सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।

“आयातमा वृद्धि हुन सकेको छैन, निर्यात नगन्य मात्रामा हुन्छ, पूँजीगत खर्च कम छ”, सूचना अधिकारी खड्काले भन्नुभयो, “बढी राजस्व सङ्कलन हुने वस्तुको आयातमा कमी छ, जसले गर्दा राजस्व सङ्कलन लक्ष्यमा पुग्न सकिरहेको छैन, अब एक महिना मात्रै बाँकी छ, राजस्व सङ्कलन लक्ष्यमा पुग्ने सम्भावना न्यून छ ।”

भन्सार कार्यालयको गत आव २०७९/८० मा रु १२ अर्ब ३० करोड ६६ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा रु आठ अर्ब २९ करोड ६३ लाख राजस्व सङ्कलन भएको थियो । त्यो लक्ष्यको ६७ दशमलव ४१ प्रतिशत मात्रै रहेको कार्यालयले जनाएको छ ।

वि.सं.२०८१ असार ४ मंगलवार १४:२२ मा प्रकाशित

You can share this post!

एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ चैत १४ बिहीवार ०६:४१

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज...

नेपालको अर्थतन्त्रमा ५.१ प्रतिशत वृद्धि: यातायात, निर्माण र कृषि क्षेत्र प्रमुख योगदानकर्ता

नेपालको अर्थतन्त्रमा ५.१ प्रतिशत वृद्धि: यातायात, निर्माण र कृषि क्षेत्र प्रमुख योगदानकर्ता

वि.सं.२०८१ चैत १४ बिहीवार ०६:३३

काठमाडौँ : चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिकमा पाँच...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर   

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८१ चैत १४ बिहीवार ०६:२५

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर...

आज १४ चैत्र २०८१ बिहिवार, कुन राशिको कस्तो रहला ?

आज १४ चैत्र २०८१ बिहिवार, कुन राशिको कस्तो रहला ?

वि.सं.२०८१ चैत १४ बिहीवार ०६:२०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

बिहीबारदेखि ‘एडभान्स फन्सनल मटेरियल्स’ सम्बन्धी दोस्रो अन्तरराष्ट्रिय वैज्ञानिक सम्मेलन   

बिहीबारदेखि ‘एडभान्स फन्सनल मटेरियल्स’ सम्बन्धी दोस्रो अन्तरराष्ट्रिय वैज्ञानिक सम्मेलन   

वि.सं.२०८१ चैत १३ बुधवार २०:४८

काठमाडौँ : नेपालमा ‘एडभान्स फन्सनल मटेरियल्स’ सम्बन्धी दोस्रो अन्तरराष्ट्रिय वैज्ञानिक...

काँकरभिट्टा नाकाबाट करिब १२ अर्ब ७४ करोडको पेट्रोलियम पदार्थको आयात   

काँकरभिट्टा नाकाबाट करिब १२ अर्ब ७४ करोडको पेट्रोलियम पदार्थको आयात   

वि.सं.२०८१ चैत १३ बुधवार २०:४५

भद्रपुर (झापा) : चालु आर्थिक वर्षको आठ महिनामा पूर्वी नाका...