back
NMB Ad

पशुपति क्षेत्र विकास कोषले तिलगङ्गा आवास क्षेत्रका संरचना हटाउने   

Royal Enfield Inside Page Banner

काठमाडौँ, ४ असार : पशुपति क्षेत्र विकास कोषले काठमाडौँ महानगरपालिका–८ तिलगङ्गा ‘बी’ १३ आवास क्षेत्रका अधिग्रहण भएका संरचना हटाउने भएको छ ।

कोषको गुरुयोजनाका स्वीकृत अवधारणात्मक गुरुयोजनाअनुसार नेपाल सरकारको विसं २०६९ भदौको निर्णयअनुसार गुरुयोजना कार्यान्वयनका क्रममा तिलगङ्गा आवास क्षेत्रका जग्गा तथा पक्की÷कच्ची घर, टहरा, गोठ, पर्खाल आदि संरचनासमेत स्थायी रुपले अधिग्रहण गर्ने भई मुआब्जा वितरण गरिए पनि खाली नभएकाले खाली गराउन लागिएको विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अधिग्रहण प्रभावित क्षेत्रका प्रायः सबैलाई भुक्तानी भइसकेको छ, हालसम्म पनि तिलगङ्गा आवास क्षेत्रका संरचना खाली गरिएको छैन, कोषले खाली गराउन १५ दिनको म्याद दिएको छ, म्यादभित्र ती संरचना नहटाए कानुनबमोजिम कोष आफैँले हटाई खाली गराउने छ ।”

पशुपति क्षेत्र विकास कोषको गुरुयोजनाअनुसार विसं २०६९ भदौ ६ गते जग्गा अधिग्रहण गर्ने निर्णय गरेको थियो । सोही योजनाअनुसार विसं २०७० जेठ ३० गतेदेखि मुआब्जा दिन सुरु गरिएको र विसं २०७१ प्रायः सबैको मुआब्जा वितरण भइसकेको प्रवक्ता अधिकारीले बताउनुभयो ।

तिलगङ्गा क्षेत्रका झन्डै एक सय सङ्ख्यामा पक्की तथा कच्ची घरटहरा हटाउन लागिएको कोषले जनाएको छ । यसैगरी, अधिग्रहण भएको तिलगङ्गा आवासीय क्षेत्र खाली गराउन यसअघि विसं २०७७ असार ३ गते पनि कोषले ३५ दिने सूचना जारी गरिएको थियो । त्यसबेला विविध कारणले खाली नगरिए पनि कोषले आज पुनः १५ दिने म्याद दिइएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

वि.सं.२०८१ असार ४ मंगलवार १४:२५ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
महिला टी२०आई त्रिकोणीय क्रिकेट शृङ्खलाकि उत्कृष्ट नेपाली खेलाडी यामाहा रेजेडआर १२५एफआई हाइब्रिडबाट पुरस्कृत

महिला टी२०आई त्रिकोणीय क्रिकेट शृङ्खलाकि उत्कृष्ट नेपाली खेलाडी यामाहा रेजेडआर १२५एफआई हाइब्रिडबाट पुरस्कृत

वि.सं.२०८१ माघ २६ शनिवार १६:२७

काठमाडौं : सहभागी तीन राष्ट्रहरू नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डले प्रस्तुत...

कुमारी सहकारीको एक अर्ब ४९ करोड अपचलन हिनामिना, प्रहरीद्वारा अनुसन्धान सुरू   

कुमारी सहकारीको एक अर्ब ४९ करोड अपचलन हिनामिना, प्रहरीद्वारा अनुसन्धान सुरू   

वि.सं.२०८१ माघ २६ शनिवार १६:०९

 म्याग्दी  : म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी...

कुनै पनि प्रकारको दबाबमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको आग्रह

कुनै पनि प्रकारको दबाबमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको आग्रह

वि.सं.२०८१ माघ २६ शनिवार १६:००

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि प्रकारको दबाब...

केबलकारले पहिचानको प्रवद्र्धन गर्छ, नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ

केबलकारले पहिचानको प्रवद्र्धन गर्छ, नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ

वि.सं.२०८१ माघ २६ शनिवार १५:५४

कोसी प्रदेशको दुर्गम हिमाली जिल्ला ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरा...

सरोकारवालासँग छलफल नै नगरी निर्देशिका परिवर्तन, बार्षिक अर्बौं राजस्व योगदान गर्ने उद्योग संकटमा

सरोकारवालासँग छलफल नै नगरी निर्देशिका परिवर्तन, बार्षिक अर्बौं राजस्व योगदान गर्ने उद्योग संकटमा

वि.सं.२०८१ माघ २६ शनिवार ०७:४५

काठमाडौँ । सरकारको निर्णयले बार्षिक ५ हजार करोड राजस्व योगदान...

यी चार प्रदेशका हिमाली भागमा हल्का हिमपातको सम्भावना   

यी चार प्रदेशका हिमाली भागमा हल्का हिमपातको सम्भावना   

वि.सं.२०८१ माघ २६ शनिवार ०७:३५

काठमाडौँ : पश्चिमी वायुको सामान्य प्रभावका कारण कोशी, गण्डकी, कर्णाली...