
काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार बजार १८.७६ अंकले घटेर २०७६ को विन्दुमा कायम हुन पुगेको छ ।
उक्त दिन सबैभन्दा बढी बरुण हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ११ करोड २७ लाख ९८ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सिइडिबी हाइड्रोपावरको ११ करोड १३ लाख ९८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन एनआरएन इन्फ्रास्ट्रक्चरको १० करोड ३७ लाख ५५ हजार रुपैयाँ, ग्लोबल आइएमई लघुवित्तको ९ करोड १४ लाख ८३ हजार रुपैयाँ र माण्डु हाइड्रोपावरको ९ करोड २२ लाख २६ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८१ असार ४ मंगलवार १५:१२ मा प्रकाशित