back
NMB Ad

समस्याग्रस्त ३ सहकारीको सम्पूर्ण बचत फिर्ता

Royal Enfield Inside Page Banner

काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले पहिलो चरणमा समस्याग्रस्त घोषणा भएका सहकारीहरुमा रहेको निक्षेपकर्ताको बचत फिर्ता गराउने अभियानलाई तिव्रता दिनु भएको छ ।

सहकारी बिभागको सिफारिसमा यसअघि नै मन्त्रालयले समस्याग्रस्त घोषणा गरेका २० वटा सहकारीमध्ये कुबेर बचत तथा क्रण सहकारी संस्था, चार्टर्ड सेभिङ्ग एण्ड क्रेडिट को—अपरेटिभ लिमिटेड, स्ट्याण्डर्ड मल्टिप्रपोज सहकारी सस्थाको सम्पक्ती व्यस्थापन तथा दायित्व भुक्तानीको काम सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

समस्याग्रस्त सहकारी व्यस्थापन समितिका अध्यक्ष श्रीमोहन गौतमका अनुसार मन्त्री अधिकारी र मन्त्रालयसंगको निरन्तर समन्वय र अग्रसरतामा यसअघि नै समस्याग्रस्त घोषित ३ सहकारीको सम्पुर्ण बचत रकम फिर्ता गराउन सफल भएको बताउनु भयो । समस्याग्रस्त संस्थाका पिडीत, बचतकर्ताका प्रतिनिधि, सञ्चालक तथा यस समितिबिच बिभिन्न मितिमा बचत फिर्तालगायतका बिषयमा निरन्तर छलफल भई समस्याग्रस्त १९ वटा सहकारीमध्ये ३ वटा सहकारीको समस्या पुर्णरुपमा समाधान भएको छ ।

भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले समस्याग्रस्त रहेका अन्य १७ वटा सहकारीको समस्याको स्थायी समाधानका लागि पहल गरिरहेको बताउनु भयो । पहिलो चरणमा समस्याग्रस्त घोषणा भएका, दोस्रो चरणमा समस्याग्रस्तउन्मुख रहेका र तेस्रो चरणमा सहकारीमा देखिएको समस्याहरुको स्थायी समाधानका लागि मन्त्रालयले काम गरिरहेको मन्त्री अधिकारीको भनाई छ । मन्त्री अधिकारीको अनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई अझ बढि प्रभावकारी ढङ्गले परिचालन गरी बचत फिर्ताको कार्यलाई तदाकरुकताका साथ अघि बढाएको बताउनु भयो ।

भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दवाडीले सहकारी ऐन, २०७४ ले परिकल्पना गरेका तर सो बमोजिम गठन हुन नसकेका संरचनाहरु : कर्जा तथा बचत सुरक्षण कोष, कर्जा सुचना केन्द्र, दोस्रो तहको नियामक निकाय, कर्जा असूली न्यायाधीकरण स्थापना तथा गठनको प्रक्रिया समेत अघि बढेको जानकारी दिनु भयो ।

वि.सं.२०८१ असार ५ बुधवार १३:३७ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
छुट्ला है, एक इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ माघ २४ बिहीवार ०६:५४

काठमाडौं । आज माघ २४ गते बिहीबार, हिमालयन लाइफ इन्स्योरेन्सको...

ठूला जलविद्युत् आयोजनालाई चाँडो अगाडि बढाउनेगरी सरकार लागेको छः ऊर्जामन्त्री खड्का   

ठूला जलविद्युत् आयोजनालाई चाँडो अगाडि बढाउनेगरी सरकार लागेको छः ऊर्जामन्त्री खड्का   

वि.सं.२०८१ माघ २४ बिहीवार ०६:३६

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ठूला जलविद्युत्...

एक–दुई स्थानमा हिमपातको सम्भावना

एक–दुई स्थानमा हिमपातको सम्भावना

वि.सं.२०८१ माघ २४ बिहीवार ०६:२५

काठमाडौँ : जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी...

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग   

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग   

वि.सं.२०८१ माघ २४ बिहीवार ०६:२२

टक्सार (भोजपुर) : पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि...

झनै आकाशियो डलरको भाउ, हालसम्मकै उच्च विन्दुमा पुग्यो

झनै आकाशियो डलरको भाउ, हालसम्मकै उच्च विन्दुमा पुग्यो

वि.सं.२०८१ माघ २४ बिहीवार ०६:१६

 काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय...

आज २४ माघ २०८१ बिहिवार, यस्तो रहनेछ आजको राशिफल

आज २४ माघ २०८१ बिहिवार, यस्तो रहनेछ आजको राशिफल

वि.सं.२०८१ माघ २४ बिहीवार ०६:११

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...