back
Kumari Bank

आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट खेलेर स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली   

काठमाडौँ, ६ असार : आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता प्रतियोगिताको समूह चरणको खेल खेलेर नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएका छन् । अमेरिका र वेस्टइण्डिजमा भएको विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले चार खेल खेलेकोमा तीनमा हार तथा एक खेल बराबरी खेलेको थियो । नेपाली टोलीलाई क्यानका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा स्वागत गर्नुभएको थियो ।

विश्वकप क्रिकेटमा नेपाल समूह डि मा परेको थियो । नेपालको समूहमा दक्षिण अफ्रिका, बङ्गलादेश, श्रीलङ्का र नेदरल्यान्ड्स रहेका थिए । नेपालले अमेरिकामा दुई खेल र वेस्टइण्डिजमा समान दुई खेल खेलको थियो । अमेरिकामा भएको आफनो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको थियो ।

त्यस्तै श्रीलङ्कविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्ध भएसँगै दुवै टोलीले समान एकर एक अङ्क बाँडेका थिए ।त्यसपछि वेस्टइण्डिजमा भएको दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपाल एक रनको झिनो अन्तरले पराजित भएको थियो । त्यस्तै समूह चरणको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग २१ रनले पराजित भएसँगै नेपालको विश्वकप यात्रा समाप्त भएको थियो ।

विश्वकपमा नेपालसँगै श्रीलङ्का र नेदरल्यान्डस् प्रतियोगिताबाट बाहिरिएका थिए । त्यस्तै दक्षिण अफ्रिका र बङ्गलादेश भने सुपर आठमा पुगे । दक्षिण अफ्रिका समूह डि को शीर्ष र बङ्गलादेश दोस्रो स्थानमा रहदै सुपर आठमा पुगेका हुन ।

वि.सं.२०८१ असार ६ बिहीवार १२:३१ मा प्रकाशित

You can share this post!

ग्राहकहरूलाई एनआईसी एशिया बैंकले गर्यो यस्तो अनुरोध

ग्राहकहरूलाई एनआईसी एशिया बैंकले गर्यो यस्तो अनुरोध

वि.सं.२०८२ असार २६ बिहीवार १२:५०

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा...

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

वि.सं.२०८२ असार २६ बिहीवार १२:३४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट...

दुई सय २० केभी क्षमताको चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण थालियो   

दुई सय २० केभी क्षमताको चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण थालियो   

वि.सं.२०८२ असार २६ बिहीवार १२:१६

म्याग्दी  : म्याग्दीको राहुघाट वेशिनका जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय...

रसुवाको बाढी हिमताल विस्फोटबाटै, ल्हेन्दे खोलामा ‘सुप्राग्लेशियल ताल’ फुटेको पुष्टि राष्ट्रिय   

रसुवाको बाढी हिमताल विस्फोटबाटै, ल्हेन्दे खोलामा ‘सुप्राग्लेशियल ताल’ फुटेको पुष्टि राष्ट्रिय   

वि.सं.२०८२ असार २६ बिहीवार १२:०९

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै गत...

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान २०८०’, दुई लाख राशिसहित सम्मानित गरिने

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान २०८०’, दुई लाख राशिसहित सम्मानित गरिने

वि.सं.२०८२ असार २६ बिहीवार १२:०१

काठमाडौं । सार्वजनिक प्रशासन, समावेशी न्याय र संस्थागत नेतृत्वको क्षेत्रमा...

अर्थतन्त्रको अपरिहार्य पुनर्संरचना र अबको बाटो

अर्थतन्त्रको अपरिहार्य पुनर्संरचना र अबको बाटो

वि.सं.२०८२ असार २६ बिहीवार ०७:२५

सुरेन्द्रप्रसाद पाण्डे, पूर्वअर्थमन्त्री सन् २०१६ पछिको अवस्थालाई अन्तर्राष्ट्रिय रुपमा चौथो...